तपाइँको आज राशिफलमा भाग्य यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
तपाइँको आज राशिफलमा भाग्य यस्तो छ

सारांश

  • वि.
  • सं.
  • २०७५ साल असोज १३ गते।
वि.सं. २०७५ साल असोज १३ गते। शनिबार।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ 
परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। प्रतिद्वन्द्वीहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
ठूलो अवसर प्राप्त भए पनि आफ्नो कमजोरी उद्घाटित हुने डरले सताउनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर, पेटको समस्याले सताउन सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। बेलैमा होस नपुग्नाले फाइदा अरूले हत्याउने चेष्टा गर्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापार बढाउने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
 मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यापार–व्यवसायमा विशेष फाइदा होला। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। शुभचिन्तकहरूको सुझाव मनन गर्नुहोला। मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। यात्राको प्रक्रियाले पनि खर्च बढाउनेछ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउने देखिन्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
फाइदा लिन केही समय प्रतीक्षा गर्नुपर्ला। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोभिड –१९ को प्रकोप बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा
Tips on how to Talk to Girls Online – The Helpful suggestions You Entirely Must Know Prior to Even Starting to Try
सिरहा : माओवादी तीन, एमाले, राजपा र संघीय फोरम दुई दुई वडामा विजयी
सिरहा : माओवादी तीन, एमाले, राजपा र संघीय फोरम दुई दुई वडामा विजयी
रुकुमका नौं मतदान केन्द्र सम्पर्कविहीन
रुकुमका नौं मतदान केन्द्र सम्पर्कविहीन
म्याग्दीमा घोडादौड प्रतियोगिता सम्पन्न, दौडमा कास्कीका हितमान गुरुङ प्रथम
म्याग्दीमा घोडादौड प्रतियोगिता सम्पन्न, दौडमा कास्कीका हितमान गुरुङ प्रथम
प्रेमी-प्रेमिकाबीच ३७ सेकेन्डमा नै ब्रेकअप गराइदिने ‘एप’
प्रेमी-प्रेमिकाबीच ३७ सेकेन्डमा नै ब्रेकअप गराइदिने ‘एप’
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
मौसमको खराबीले दुई हेलिकप्टर खेल मैदानमा अवतरण
मौसमको खराबीले दुई हेलिकप्टर खेल मैदानमा अवतरण
पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !
पानी नपर्दा चलिचित्र आमाको शुटिङ रोकियो !