कोभिड –१९ को प्रकोप बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २३, २०७७
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।
  • त्यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो ।
  • त्यहाँको सरकारले दिएको जानकारीअनुसार यस राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ ।

कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । त्यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो ।

त्यहाँको सरकारले दिएको जानकारीअनुसार यस राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ ।

भारतमा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमित भेटिएका छन् । त्यहाँ आइतबार मात्र पनि एकैदिन ९३ हजार २४९ जना संक्रमित थपिएका त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार यो संख्या गत सेप्टेम्बर महिना यताको सर्वाधिक धेरै संख्या पनि हो । उक्त संख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित थपिएका छन् ।

यो राज्य शुरुदेखि नै बढी प्रभावित राज्यमा पर्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ पछिल्लो समयमा फैलिएको संक्रमणको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ खटाउने निर्णय हालै गरेका थिए ।

भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरको जोखिममा परेको बताइएको छ । कोभिड–१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजार जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अहिलेसम्म त्यहाँका संक्रमण पुष्टि हुनेको संख्या १ करोड २५ लाख भन्दा बढी रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

शुक्रबार मात्र महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले त्यहाँका नागरिकहरुले सुरक्षाका उपायहरू नअपनाएका कारणले यस्तो समस्या आएको बताएका थिए । उनले त्यहाँको सरकारले आग्रह गरिरहेको भए पनि मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही संक्रमित भएको जानकारी पनि दिए ।

उनले टेलिभिजन सम्बोधनका क्रममा भन्नुभएको थियो– मानिसहरू सामान्य अवस्थामा जस्तो गरेर हिंडडुल पनि गर्न थालेका छन् तर पनि अर्थतन्त्रमा ध्यान दिने की स्वास्थ्यमा भन्ने विषयमा सरकार भने दुबिधामा परेको छ ।–सिन्ह्वा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
स्व. जीवन आचार्यको कविता कृति लोकार्पण
स्व. जीवन आचार्यको कविता कृति लोकार्पण
जातले पनि गर्नु गर्यो, शिक्षकदम्पतीको जागिर खोसियो, गाउँबाट लखेटियो
जातले पनि गर्नु गर्यो, शिक्षकदम्पतीको जागिर खोसियो, गाउँबाट लखेटियो
नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण :  दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने  सिरियल किलर छानबीनमा !
नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण : दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने सिरियल किलर छानबीनमा !
उच्च हिमाली क्षेत्रमा हिमपात, अधिकतम तापक्रम घट्दा चिसो बढ्यो
उच्च हिमाली क्षेत्रमा हिमपात, अधिकतम तापक्रम घट्दा चिसो बढ्यो
अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा
अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा
बिराटनगरमा अवैधानिक  झण्डा, नेपाल सरकारको अनुमतिविना भारतले यो झण्डा  फहराएको हो ।
बिराटनगरमा अवैधानिक झण्डा, नेपाल सरकारको अनुमतिविना भारतले यो झण्डा फहराएको हो ।
बन्दुकधारीद्वारा अमेरिकामा  एक नेपालीको हत्या
बन्दुकधारीद्वारा अमेरिकामा एक नेपालीको हत्या
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ
New York terror attack: Eight killed by man driving truck
New York terror attack: Eight killed by man driving truck

तपाईंले छुटाउनुभयो कि?