तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?

सारांश

  • आजको आधुनिक जमानामा हामी तपाइँलाई पुरुष र महिलाको शर्टको यस्तो अन्तर बताउन गइरहेका छौं जसमा तपाइँले आजसम्म ध्यान नदिनु भएको हुनसक्छ।
  • तपाइँले अहिलेसम्म कयौं महिलाले शर्ट लगाएको देख्नु भएको होला, तर महिलाको शर्टमा लगाइएको बटन सधैं किन बायाँ स्थानमा हुन्छ भन्ने विषयमा विचार गर्नु भएको छ?
  • जबकि पुरुषको शर्टको बटन सधैं दायाँतर्फ मात्र हुन्छ।

आजको आधुनिक जमानामा हामी तपाइँलाई पुरुष र महिलाको शर्टको यस्तो अन्तर बताउन गइरहेका छौं जसमा तपाइँले आजसम्म ध्यान नदिनु भएको हुनसक्छ। तपाइँले अहिलेसम्म कयौं महिलाले शर्ट लगाएको देख्नु भएको होला, तर महिलाको शर्टमा लगाइएको बटन सधैं किन बायाँ स्थानमा हुन्छ भन्ने विषयमा विचार गर्नु भएको छ? जबकि पुरुषको शर्टको बटन सधैं दायाँतर्फ मात्र हुन्छ।

शर्टमा लगाइएको बटनको दिशाको सम्बन्ध नेपोलियन बोनापाटको जमानासँग जोडिएको छ। नेपोलियन आफ्नो शर्टको बटम लगाउनकालागि हातको प्रयोग गर्थे। जसका कारण उनले धेरै समस्या भोग्नुपर्यो। नेपोलियनले त्यो बेला शर्ट बनाउने सबैलाई महिलाले लगाउने शर्टको बटन बायाँ लगाउन निर्देशन दिएका थिए। १३ शताब्दीकी धनी महिलाले आफूलाई कपडा लगाइदिनलाई नोकर राखेका थिए। त्यो बेलाका धेरै जसो सेवक दायाँ हात चलाउँथे। त्यसकारण महिलाहरुको शर्टको बायाँतर्फ लगाइएको बटन लगाउन उनीहरुलाई असहज हुन्थ्यो। यस्तोमा कुनै महिला बच्चाकी आमा पनि हुन्थे। र धेरै जसले बच्चालाई बायाँ हातले समाउँथे। यस्तोमा शर्टको बायाँतर्फ लगाइएको बटन दायाा हातले खोलेर सजिलै स्तनपान गराउँथे।

पुरुषको शर्टमा दायाँतर्फ बटन हुनुको सबैभन्दा धेरै फाइदा युद्धका बेलामा हुन्थ्यो। धेरै जसो योद्धा आफ्नो दायाँ हातमा हतियार राख्थे। यस्तोमा बाँया हातले आफ्नो शर्टको बटन खोल्न निकै सजिलो हुन्थ्यो। (एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?