किन हानियो सांसदको गाडीमा ढुंगा!
सारांश
- काठमाडौं ।
- प्रदेश ३ का एक सांसद चढेको गाडीमा ढुंगा हान्नेलाई प्रहरीले पक्रेको छ ।
- महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलाल चढेको गाडीमा ढुंगा हान्नेलाई फत्रेको हो ।
काठमाडौं । प्रदेश ३ का एक सांसद चढेको गाडीमा ढुंगा हान्नेलाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलाल चढेको गाडीमा ढुंगा हान्नेलाई फत्रेको हो । ढुंगा हान्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौं बौद्ध महांकाल पानीट्यांकी नजिकै बाटोमा गुडिरहेको बा१९च ४९८ नं को गाडीमा ढुंगा हानेका कारण फक्रेको बताएको छ । प्रहरीले शेर्पासँगै बा४४प २७७१ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी कार्यालयका अनुसार सांसद दुलाल गाडीमा शेर्पाले ढुंगा हानेका थिए । ढुंगा प्रहारबाट सांसद सवार गाडीको अगाडिको सिसा चर्केको छ । सांसदको गाडीसँगै रहेको बा३च ९७१९ नंको गाडीको अगाडिको सिसासमेत फुटेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया