मूल्यवृद्धि फिर्ता लिन माग गर्दै वाम संगठनद्वारा आयल निगम घेराउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै वाम संगठनद्वारा आयल निगम घेराउ

सारांश

  • काठमाडौं, पुस २० ।
  •  एमाले–माओवादी केन्द्र निकट वाम संगठनहरुले आज आयल निगम घेराउ गरेका छन् ।
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएका बाम गठबन्धनमा आवद्ध युवा, विद्यार्थी संगठनहरुले विहिबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेका हुन् ।

काठमाडौं, पुस २० । एमाले–माओवादी केन्द्र निकट वाम संगठनहरुले आज आयल निगम घेराउ गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएका बाम गठबन्धनमा आवद्ध युवा, विद्यार्थी संगठनहरुले विहिबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेका हुन् ।
बाम गठबन्धनमा आवद्ध युवा, विद्यार्थी संगठनले विहिबार विहान ११ बजे पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंको बबरमहलस्थित निगम कार्यालय घेराउ गरे ।

त्यसक्रममा उनीहरुले पूर्व सहमति अनुसार विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउन जोडदार माग गर्दै निगम व्यवस्थापन समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् ।

हचुवाको भरमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज गर्न निगम व्यवस्थापनको गम्भिर ध्यानाकर्षण गराइएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।

बाम गठबन्धनमा आवद्ध युवा, विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नलिएसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?