किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’- काठमाडौं मा रुख रोप्ने योजना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०७४
|
|
४४ पटक हेरिएको
Shares
किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’- काठमाडौं मा रुख रोप्ने योजना

सारांश

  •   १९ जेठ, काठमाडौं ।
  • कुनै विकासका काम गर्दा निर्माणस्थलमा हुर्किएका रुख छन् भने नकाटी सुखै छैन ।
  • शहरमा कतै रोपेको विरुवा हुर्काउन ठूलै मेहेनत गर्नुपर्छ ।

 


१९ जेठ, काठमाडौं । कुनै विकासका काम गर्दा निर्माणस्थलमा हुर्किएका रुख छन् भने नकाटी सुखै छैन । शहरमा कतै रोपेको विरुवा हुर्काउन ठूलै मेहेनत गर्नुपर्छ । तर, अब काठमाडौं महानगरपालिकाले हुर्किएका रुखरुलाई पनि सार्न चाहेको स्थानमा सकिने गरी ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन किन्ने भएको छ ।

यसका लागि अबको २-३ दिनभित्रै टेण्डर निकालिने महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘हामी अब तत्काल २ वटा ट्रान्सप्लान्टर किन्दैछौं, टेण्डर निकाल्न अन्तिम तयारी भइरहेको छ । टेक्निकल स्पेशीफिकेशनसहित अब बोलपत्र आह्वान गर्न धेरै दिन लाग्दैन ।’

यो मेसिन आएपछि विजकासका काम गर्दा काठमाडौं उपत्यकामा हुर्किएका रुखहरु काट्नुपर्ने बाध्यता हट्नेछ ।

‘अहिले सडक छेउमा विरुवा हुर्काउन निकै समस्या छ । अब हामी अन्त विरुवा हुर्काएर सडकमा ट्रान्सप्लान्ट गर्न सक्छौं’ पौडेलले भने, ‘यो मेसिन आएपछि शहरमा हरियाली प्रवर्द्धन गर्न विभिन्न स्थानबाट हुकर्किएका रुख ल्याएर रोप्न सक्छौं ।’

के हो ट्री ‘ट्री ट्रान्सप्लान्टर’ ?

ट्री ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन विदेशमा खासै नयाँ प्रविधि हैन । नपालमा भने अहिलेसम्म यस्तो प्रविधि भित्रिएको छैन । महानगरपालिकाले १० देखि २० फिटसम्मका रुख सार्न मिल्ने किसिमको मेसिन ल्याउने भनेको छ ।
यस्तो मेसिनले एक ठाउँको विरुवालाई जेरैबाट उखेल्छ । त्यसको आकारमा सार्नपर्ने ठाउँमा तयार गरिएको खाल्डोमा यसले रुख सारिदिन्छ । अहिले विरुवा नै रोप्नुपर्ने बाध्यता यसले हटाइदिन्छ ।

महानगरपालिकाले यसपछि बिरुवा हुकाउन समस्या हुने सार्वजनिक स्थलमा रुख नै रोप्ने गरीअभियान थाल्ने जनाएको छ ।

अहिले विरुवा रोप्दा पैदलयात्रुले निमोठ र बढ्नै नदिने, संरक्षणको अभावमा मर्ने, सवारीले कुल्चिदिने लगायतका समस्या छन् ।  जसले काठमाडौंमा हरियाली प्रवर्द्धनका लागि खासै काम नै हुन सकेको छैन ।

नमुना भिडियो हेर्नुस्,कस्तो हुन्छ ट्री ट्रान्सप्लान्टर ?

ब्रुमर पनि किन्दै महानगर

यस्तै काठमाडौं महानगरपालिकाले यसै आर्थिक वर्षभित्रै ५ वटा ब्रुमर मेसिन किन्ने भएको छ । राती सडक पखाल्न सुरु गरिसकेको महानगरपालिकाले १८ करोड खर्चेर ५ वटा ब्रुमर खरिदका लागि अर्थमन्त्रालयबाट रकम निकासा पनि पाएको छ ।

सडक बढार्ने र धुलो तान्ने ब्रुमर किन्न ९ करोड रुपैयाँ महानगरपालिकालाई अर्थ मन्त्रालयले निकासा दिएको छ ।

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे छन् । घाम लाग्दा बुङ्बुङ्ती उड्ने धुलो र पानी पर्दा हिलो हुने हुँदा काठमाडौंबासीले सास्तीमात्रै खेप्नु परेको छैन, वायुप्रदुषण पनि ह्वात्तै बढेको छ ।

यही समस्याको समाधानका लागि रातीको समयमा सडक पखाल्ने कामलाई पनि जारी राखिएको अधिकृत पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएनएलाई टक्कर दिने अर्को संस्था जन्माउने पहल
एनआरएनएलाई टक्कर दिने अर्को संस्था जन्माउने पहल
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
बालबालिकालाई संघीयता आएन, ६० हजार स्कुल जान्नन् : शिक्षामन्त्री पोखरेल
ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या
ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या
तुलसी रानामगर र अर्जुन जिसीको ‘निष्ठुरीले गरिनौं केही वास्ता’
तुलसी रानामगर र अर्जुन जिसीको ‘निष्ठुरीले गरिनौं केही वास्ता’
Context Constitution Day: Women see need of revising citizenship-related discriminatory provision
Context Constitution Day: Women see need of revising citizenship-related discriminatory provision
पश्चिम सेती परियोजना:  जनतालाइ किन भ्रममा पारिदैछ ?
पश्चिम सेती परियोजना: जनतालाइ किन भ्रममा पारिदैछ ?
हलिउड फिल्म मेकर माथि अदालतमा यौन मुद्दा
हलिउड फिल्म मेकर माथि अदालतमा यौन मुद्दा
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
राष्ट्रपति भण्डारीले हेलिकप्टरबाटै अवलोकन गरिन् कोदो, मकै र गहुँ खेती
राष्ट्रपति भण्डारीले हेलिकप्टरबाटै अवलोकन गरिन् कोदो, मकै र गहुँ खेती