राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणः जहाज भाडामात्रै पौने ४ करोड खर्च

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
५४ पटक हेरिएको
Shares
राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणः जहाज भाडामात्रै पौने ४ करोड खर्च

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारी अहिले म्यान्मारको राजकीय भ्रमणमा छिन्।
  • राष्ट्रपतिको यो भ्रमणका लागि सरकारले नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ’लुम्बिनी’ चार्टर गरेको छ।
  • चार्टर गरिएको विमान १५८ सिटे हो।

राष्ट्रपति विद्यादेवी भण्डारी अहिले म्यान्मारको राजकीय भ्रमणमा छिन्। राष्ट्रपतिको यो भ्रमणका लागि सरकारले नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ’लुम्बिनी’ चार्टर गरेको छ। चार्टर गरिएको विमान १५८ सिटे हो। भ्रमण दलमा राष्ट्रपति भण्डारीसहित २४ जना यात्रु छन्। यो चार्टर उडान बैंककदेखि म्यान्मारका लागि गरिएको निगमले जनाएको छ। चार्टरपछि म्यान्मार पुगेको यो जहाज हिजै काठमाडौं फर्किसकेको निगम स्रोतले जानकारी दियो।

काठमाडौंदेखि बैंककसम्म भने यही जहाजमार्फत राष्ट्रपति सहितको टोली सेड्युल्ड फ्लाइटमै यात्रा गरेको निगम स्रोतले जनाएको छ। निगमका अनुसार चार्टर उडानको दर जहाजको प्रकार र प्रति घण्टाको हिसाबले निर्धारण गरिँदै आएको छ। यसका लागि प्रति घण्टा ११ हजार पाँच सय डलर (करिब १४ लाख रुपैयाँ) खर्च लाग्छ।

निगमका अनुसार बैंकक(म्यान्मार उडान समय करिब सवा घण्टा (एक घण्टा १३ मिनेट)को रह्यो। निगमले दिएको भाडादरअनुसार एकतर्फी चार्टर उडान गर्दा करिब १६ लाख रुपैयाँ शूल्क लाग्ने देखिन्छ भने दुई तर्फी चार्टर उडान गर्दा करिब ३२ लाख रुपैयाँ शूल्क लाग्छ। भण्डारीले आउँदो बुधबार यही जहाजमार्फत म्यानमारदेखि बैंककसम्मको चार्टर उडान गर्ने्छिन्। यसका लागि थप ३२ लाख सरकारले खर्चनु पर्नेछ। दुई चार्टर गर्दा सरकारले करिब ६४ लाख रुपैयाँ भार चार्टरका लागिमात्रै खर्चिनुपर्ने देखिन्छ।

यसैगरी बैंककदेखि काठमाडौं भने नियमित उडानमा आउने योजना रहेको निगम स्रोतले जानकारी दिएको छ। नियमित उडानमा २४ जनाले २ पटक काठमाडौं बैंकक यात्रा गर्नेछन्। काठमाडौं बैंककको उडानमा इकोनोमी क्लासको एक जनाको भाडा २१ हजार ८८३ रुपैयाँ तोकेको छ।

२४ जना जाँदा ५ लाख २५ हजार खर्च हुन्छ। भने फर्किँदाको भाडादर एकजनाको ९ हजार २६५ तोकिएको छ। त्यसैले फर्किँदा २ लाख २२ हजार रुपैयाँ खर्च हुने देखिन्छ। यसरी काठमाडौं बैंकक ओहोर दोहोर गर्दा ७ लाख ४७ हजार रुपैयाँ बढी खर्च हुन आउँछ। चार्टर र नियमित उडान खर्च जोड्दा ७१ लाख ४७ हजार रुपैया खर्च हुने देखिन्छ।

भण्डारी बुधवारमात्र म्यान्मारको राजधानी नेपिता पुगेकी हुन्। म्यान्मारमा रहँदा राष्ट्रपतिले म्यान्मारमा रहेका नेपाली मूलका नागरिकहरुसँग समेत भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत बगानको अवलोकन गर्नुका साथै याङगनमा रहेका सांस्कृतिक र ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने्छिन्। म्यान्मानर भ्रमणपछि राष्ट्रपति भण्डारी जापान भ्रमणमा निस्कने योजना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त
प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त
प्राधिकरणद्धारा रु १५ करोड क्षति भएको बिवरण सार्वजनिक
प्राधिकरणद्धारा रु १५ करोड क्षति भएको बिवरण सार्वजनिक
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
लकडाउन थप्ने नथप्ने निर्णय भोली हुने
लकडाउन थप्ने नथप्ने निर्णय भोली हुने
घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने पर्साबाट पक्राउ
घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने पर्साबाट पक्राउ
अव नेपाली चलचित्रमा नाका
अव नेपाली चलचित्रमा नाका
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर
मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना