कमल ढकालसंग उद्योग अक्षरको

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २१, २०७७
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • अक्षर उद्योगको कार्यक्रम सम्पन्न लेखन कसरी उद्योग बन्न सक्छ ?
  • भन्ने बिषयमा भर्खरै एक कार्यक्रम सम्पन्न भएको छ ।
  • लेखक कर्ण शाक्यले चलाएको कर्ण सकरात्मक सोच समुहले प्रत्येक हप्ता कोरनाको यो समयलाई उर्जावान बनाउन विभिन्न क्षेत्रका उद्यमिलाई लिएर अन्तक्रिया चलाईरहेको छ ।

अक्षर उद्योगको कार्यक्रम सम्पन्न
लेखन कसरी उद्योग बन्न सक्छ ? भन्ने बिषयमा भर्खरै एक कार्यक्रम सम्पन्न भएको छ । लेखक कर्ण शाक्यले चलाएको कर्ण सकरात्मक सोच समुहले प्रत्येक हप्ता कोरनाको यो समयलाई उर्जावान बनाउन विभिन्न क्षेत्रका उद्यमिलाई लिएर अन्तक्रिया चलाईरहेको छ ।
यसै काय्रकमको नयाँ सिलसिला आज उद्योग अक्षरको सम्पन्न भएको छ । यो कार्यक्रमका मुख्य वक्ता कमल ढकालले आफुले नेपालमा घोष्ट राईटिग नेपाल चलाईरहेको त्यसले एक सय भन्दा बढीको पुस्तक प्रकाशन र चार सय भन्दा बढी पुस्तक लेखिरहेको जानकारी दिए ।
ढकालले नेपालमा असंख्य लेखनको सम्भावना रहेको र हरेक मान्छे नलेखिएको पुस्तक भएको बताए । नेपाल लेखनको खानी भएको यहाँका कथाहरु राम्रोसंग नलेखिएको र लेखिए पनि त्यसलाई विश्वबजार पुराउन नसकेको बताए । भने “हामीकोमा दरवार हत्याकान्ड , मोओवादी द्वन्द , भुकम्प दाईजो , बोक्सिका घटनाले कति मान्छे मरेका छन् । यी सबै कथा हुन र बाँचेका कथा झन कति छन कति ।”नेपाल भोलीको दिनमा अक्षरको उद्योग बन्न सक्ने सम्भावना रहेको बताउदै ढकालले भने “हिजो एक जना राईटर होल टाईमर थिएनन , आज होलटाईमर लेखक बढ्दै गएका छन् ।”
आफुले पठन संस्कृति बढ्दै गएको र बढाउदै लगेको कारण घोष्ट राईटिङ् नेपाल , हुदै लेखन कुन्ज र लेखन ग्रामको अवधारणा बनाएको उनले बताए ।
पुर्व गर्भनर तथा पुर्व सचिव दीपेन्द्र पुरुष ढकालले नेपालमा अटो बायोग्राफि , बायोग्राफिमा लुकाउने र आत्मप्रशंसा हुने गरेकोबारे चर्चा गरे भने
कार्यक्रममा सहभागि गुराँस वन , बिक्रम न्यौपाने , मान बाहादुर बुढा , लक्ष्मी सापकोटा , पवित्रा दाहाल लगायतले आफना सुझाव र प्रश्नहरु राखे ।
प्रविण शाक्यले सन्चालन गरेको उक्त कार्यक्रममा आफना केहि विचारहरु राख्दै समापन कर्ण शाक्यले गर्नु भयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?