‘तेलयुद्ध’ ले इन्धनको मूल्य छ गुणा घट्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
‘तेलयुद्ध’ ले इन्धनको मूल्य छ गुणा घट्दै

सारांश

  • एजेन्सी, २७ फागुन ।
  • रुसले अहिलेको तेलको मूल्यलाई स्वीकार गर्न सकिने बताइसकेको छ ।
  • रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालको तेलको मूल्यले रुसी अर्थतन्त्र धानिन सक्ने बताइसकेका छन् ।

एजेन्सी, २७ फागुन । रुसले अहिलेको तेलको मूल्यलाई स्वीकार गर्न सकिने बताइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालको तेलको मूल्यले रुसी अर्थतन्त्र धानिन सक्ने बताइसकेका छन् । रुसले तेल उत्पादन घटाउन मानेको छैन ।तेल उत्पादक देशहरुको संगठन ओपेकमा रुस छैन । तर, , ओपेक राष्ट्रहरुको भियना बैठकले रुसलाई अहिलेको संकट टार्न आग्रह गर्ने निर्णय गरेको थियो । सन्देश लिएर रुसी मन्त्री मस्को फर्किए । तर, रुस उत्पादन घटाउन तयार भएन । पुटिनको यो कदमले धेरैलाई आश्चर्यमा पार्यो ।

जवाफमा साउदी अरेबियाले उत्पादन बढायो । कोरोना भाइरसका कारण विश्व बजारमा तेलको माग घटेको अवस्था छ । जसका कारण मूल्य घटेर प्रति ब्यारल ३० डलर पुगेको छ । त्यसमाथि साउदी अरेबियाले उत्पादन बढाएर चिनियाँ उपभोक्तालाई प्रति ब्यारल ६ देखि सात डलरमा उपलब्ध गराउने नीति लिइसकेको छ । रुस र साउदी अरेबियाबीचको प्रतिष्पर्धाले तेलको मूल्य ह्वात्तै घट्ने देखिएको छ ।

अमेरिकाले इरानी सैनिक कमाण्डरमाथि आक्रमण गरेपछि इरानले जवाफी हमला गर्दा केही महिना अघिमात्र कच्चा तेलको मूल्य प्रतिब्यारल ७० डलर कटेको थियो । यदि प्रतिब्यारल ६ डलरमा झर्दा के होला ? साउदी अबेरियाले प्रतिदिन २० लाख लिटर कच्चा तेल उत्पादन गर्ने तयारी गरेको छ । विश्व बजारमा अत्याधिक उत्पादनले मूल्यमा भारी गिरावट हुने देखिन्छ । तेलयुद्धले विश्वबजारमा ठूलो असर गर्दैछ । तेल उत्पादनबाट निर्भर देशहरुमा आर्थिक संकट पर्नसक्छ । तर, तेल आयातकर्ता देशहरुलाई लाभ मिल्न सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज
एमाले र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत
जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत
नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
वामपन्थी मिल्दा भुइँचालो  नेता केसी
वामपन्थी मिल्दा भुइँचालो नेता केसी
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
प्रदेश ७ को दोस्रो  तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
प्रदेश ७ को दोस्रो तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान
प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान
दीपक मनाङ्गे एमालेका ‘बागी उम्मेदवार’ !
दीपक मनाङ्गे एमालेका ‘बागी उम्मेदवार’ !

तपाईंले छुटाउनुभयो कि?