डलरसँगै खाडी मुलुकका मुद्रा महंगिए, हेर्नुस् कुन देशको कति बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
डलरसँगै खाडी मुलुकका मुद्रा महंगिए, हेर्नुस् कुन देशको कति बढ्यो

सारांश

  • काठमाडौं ।
  • अमेरिकी डलर महंगो भएपछि नेपालमा रेमिट्यान्स भित्रिने प्रमुख राष्ट्रहरुको मुद्रा समेत महँगिएको छ।
  •  रोजगारका लागि नेपालीहरु जाने प्रमुख देशका मुद्रा बढेपछि नेपालमा भित्रिने रेमिट्यान्स बढ्ने भएको हो ।

काठमाडौं । अमेरिकी डलर महंगो भएपछि नेपालमा रेमिट्यान्स भित्रिने प्रमुख राष्ट्रहरुको मुद्रा समेत महँगिएको छ। रोजगारका लागि नेपालीहरु जाने प्रमुख देशका मुद्रा बढेपछि नेपालमा भित्रिने रेमिट्यान्स बढ्ने भएको हो ।

रोजगारीका लागि नेपालीहरु पुगेका देश साउदी, कतार, मलेशिया लगायतका मुद्रा बढेका छन् ।विदेशी मुद्रा मंहगो भएसँगै नेपालमा भित्रिने रेमिट्यान्स रकम बढ्ने निश्चित भएको छ ।

आइतबार अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४८ पैसा पुग्यो भने बिक्रीदर ११५ रुपैयाँ ८ पैसा पुग्यो। नेपाल राष्ट्र बैंकका अनुसार कतारी रियाल एक महिनामा १ रुपैयाँ ३७ पैसाले महँगिएको छ।
यसैगरी दुबई, साउदी, कतार, मलेसियाका मुद्रा पनि महंगो भएका छन् ।

आइतबार एक कतारी रियालको खरिददर मूल्य ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६१ पैसा पुगेको छ। एक महिनाअघि एक कतारी रियालको खरिददर मूल्य ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा थियो।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा रहेको छ। एक महिनाअगाडि रिंगिटको खरिददर २६ रुपैयाँ ८७ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२ पैसा थियो।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा पुगेको छ। एक महिनाअघि यसको खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा थियो।

एक साउदी रियालको खरिददर मूल्य ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर मूल्य ३० रुपैयाँ ६८ पैसा कायम भएको छ। एक महिनाभित्रै साउदी रियाल १ रुपैयाँ ३२ पैसाले बढेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !
सरकारका सय दिन उपलब्धिपूर्ण’ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत
सरकारका सय दिन उपलब्धिपूर्ण’ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत
सिमिकोट जमुनाहा रेलमार्ग अध्ययनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री चिनियाँ टोलीसहित  हुम्लामा
सिमिकोट जमुनाहा रेलमार्ग अध्ययनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री चिनियाँ टोलीसहित हुम्लामा
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
ठूलो परिमाणमा लागूऔषध बरामद ३ जना पक्राउ
ठूलो परिमाणमा लागूऔषध बरामद ३ जना पक्राउ
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
युएस ओपनः जापानी खेलाडी नाओमी ओसाकालाई उपाधि
युएस ओपनः जापानी खेलाडी नाओमी ओसाकालाई उपाधि
डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु
डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु
ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्दै !
ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्दै !
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति