अठार प्रतिशत घरधुरीमा ट्युवेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
५१ पटक हेरिएको
Shares
अठार प्रतिशत घरधुरीमा ट्युवेल

सारांश

  • नेपालगञ्ज उपमहानगरपालिकामा १८ प्रतिशत घरधुरीले मात्रै टु्युवेलको खानेपानी प्रयोग गर्ने गरेका छन् ।
  • उपमहानगर क्षेत्रमा २८ हजार घरधुरी रहेकोमा पाँच हजारले मात्रै संस्थानको पानी प्रयोग गर्ने गरेको नेपाल खानेपानी संस्थान नेपालगञ्जका प्रमुख मोहनदत्त भट्टले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार साविकको नेपालगञ्ज नगरपालिकाका–१७ वडा, कारकाँदो र परसपुरका केहीले मात्रै संस्थानको पानी प्रयोग गर्छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा १८ प्रतिशत घरधुरीले मात्रै टु्युवेलको खानेपानी प्रयोग गर्ने गरेका छन् । उपमहानगर क्षेत्रमा २८ हजार घरधुरी रहेकोमा पाँच हजारले मात्रै संस्थानको पानी प्रयोग गर्ने गरेको नेपाल खानेपानी संस्थान नेपालगञ्जका प्रमुख मोहनदत्त भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार साविकको नेपालगञ्ज नगरपालिकाका–१७ वडा, कारकाँदो र परसपुरका केहीले मात्रै संस्थानको पानी प्रयोग गर्छन् । नेपालगञ्ज उपमहानगरपालिका भएसँगै अहिले २३ वटा रहेका छन् । सरकारले अघि सारेको एक घर एक धाराको नीति कार्यान्वयनको लागि संस्थानले आवश्यक कार्य शुरु गरेको छ ।

उपमहानगरपालिकाका २३ वटै वडामा खानेपानी वितरणको प्रक्रिया अगाडि बढाएको संस्थानका प्रमुख भट्टको भनाइ छ । नेपालगञ्जमा अहिले दैनिक एक हजार ५ लाख लिटर पानी उत्पादन भइरहेको छ ।

संस्थानले चार वटा ट्यवेलबाट पानी निकालेर वितरण गरिरहेको छ । अरु दुई वटा ट्युवेल सञ्चालनको तयारीमा रहेका छन् । नेपालगञ्जमा दैनिक कम्तीमा ३० लाख लिटर पानी चाहिने अनुमान संस्थानको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा पानीको बढ्दो मागलाई पूर्ति गर्न खानेपानी संस्थानले राप्ती नदीबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको छ । शहरवासीलाई खानेपानी अभाव हुन नदिन नेपालगञ्जमै केही ठाउँमा बोरिङ गाड्नका लागि खन्दा पानी नै नआएपछि संस्थानले राप्ती नदीबाट पानी नेपालगञ्ज ल्याउने योजना बनाएको संस्थानका प्रमुख भट्टको भनाइ छ ।

उहाँका अनुसार राप्ती नदीको पानी पाइपमार्फत नेपालगञ्ज ल्याएपछि पानीको कुनै समस्या हुँदैन । त्यसका लागि राप्तीमा इनटेक बनाउनुपर्ने, पम्प हाउस, गार्डहाउस, जेनेरेटर, पम्पमोटर, पाइप फिटिङ, ट्रान्सफर्मर, थ्रीफेजलाइनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

संस्थानले नदी किनारमा समवेल राखेर पानी सङ्कलन गर्ने र पाइपबाट नेपालगञ्जसम्म ल्याउने प्रक्रिया थालेको हो । नदी किनारमा जम्मा गरिएको पानी पाइपमार्फत नहरपूर्वा हुँदै विभिन्न तीन ठाउँबाट नेपालगञ्जमा झारिने संस्थानका प्रमुख भट्टले जानकारी दिनुभयो । पाइपलाइन विस्तारको बोलपत्र भइसकेको छ ।

हिराचन मल्ल जेबीसँग रु दुई करोड ५७ लाखमा पाइपलाइन बिछ््याउने सम्झौता गरेको छ । समवेलका लागि भट्टराई कन्ट्रक्सनसँग रु ५७ लाख २४ हजारमा सम्झौता भएको छ । पाइपलाइन बिछ््याउँदा कालोपत्रे सडक काट्नुपर्ने भएकाले संस्थान अहिले समृद्ध निकायसँग अनुमति लिने कार्यमा रहेको छ । संस्थानले आगामी दुई वर्षमा राप्ती नदीको पानी नेपालगञ्जमा वितरण गर्ने जनाएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव
सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव
रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप
रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप
प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न
प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न
ओली-देउवासहित शीर्ष नेताहरुको छलफलमा मन्त्री फेर्नेबारे बहस, ‘रेड जोन’ मा यी मन्त्री
ओली-देउवासहित शीर्ष नेताहरुको छलफलमा मन्त्री फेर्नेबारे बहस, ‘रेड जोन’ मा यी मन्त्री
महेश बस्नेतको पहलमा भक्तपुरमा रंगशाला निर्माण हुँदै
महेश बस्नेतको पहलमा भक्तपुरमा रंगशाला निर्माण हुँदै
शुरु भयो इस्लाम धर्मावलम्बीको ‘रमजान’
शुरु भयो इस्लाम धर्मावलम्बीको ‘रमजान’
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
म कास्मिरमा गोली र गालीबाट हैन, गला मिलाएर अगाडि बढ्नेछु: माेदी
प्रदेशसभाका समानुपातिक सांसद टुंग्याउन राजपा बैठक
प्रदेशसभाका समानुपातिक सांसद टुंग्याउन राजपा बैठक
प्रधानमन्त्री देउवाको भारत भ्रमणः चिसिएको सम्बन्धमा सुधार आउला?
प्रधानमन्त्री देउवाको भारत भ्रमणः चिसिएको सम्बन्धमा सुधार आउला?