तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
४१ पटक हेरिएको
Shares
तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता

सारांश

  • तेह्रथुम, ५ असार ।
  • यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
  • जिल्लाको दुईवटा नगरपालिका र चार गाउँपालिकामा २२७ पदका लागि ७८६ जनाले मनोनयन दर्ता गराएका छन् ।

तेह्रथुम, ५ असार । यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

जिल्लाको दुईवटा नगरपालिका र चार गाउँपालिकामा २२७ पदका लागि ७८६ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९, आठराई गाउँपालिकामा ३७ पदका लागि १३१, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १०० र छथर गाउँपालिकामा ३२ पदका लागि १३२ जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रमुख÷अध्यक्ष पदमा म्याङलुङ नगरपालिकामा नौ, लालीगुराँस नगरपालिकामा सात, मेन्छ्यायेम गाउँपालिकामा चार, फेदाप गाउँपालिकामा पाँच, आठराई गाउँपालिकामा छ तथा छथर गाउँपालिकामा ११ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुख÷उपाध्यक्षमा म्याङलुङ नगरपालिकामा छ, मेन्छ्यायेम नगरपालिकामा चार, फेदाप र लालीगुराँस गाउँपालिकामा चार÷चार, आठराईमा पाँच तथा छथरमा छ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, ४३ जना निर्वाचित हुने वडाध्यक्षका लागि १६९, महिला सदस्य पदका लागि १३४, दलित महिला सदस्यमा ११७ र ८६ खुला सदस्यमा २९३ जनाले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चौध वटा दल दर्ता भएकामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र मधेसी जनअधिकार फोरमले मात्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
दक्षिण कोरियाका संसदीय टोलीको इच्छा
दक्षिण कोरियाका संसदीय टोलीको इच्छा
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
शिखर न्यूजको पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न
शिखर न्यूजको पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा न्यौपाने एमालेका उम्मेदवार
तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा न्यौपाने एमालेका उम्मेदवार
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
देशभरको तापक्रम घट्यो, पुनः हिमपात सुरु
देशभरको तापक्रम घट्यो, पुनः हिमपात सुरु
Nepali student appointed Brisbane ambassador
Nepali student appointed Brisbane ambassador

तपाईंले छुटाउनुभयो कि?