त्रियुगा नगरपालिका यो बर्ष ३  फोटो कथा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
त्रियुगा नगरपालिका यो बर्ष ३  फोटो कथा

सारांश

  • गाईघाट ३०,भदौ।
  • उदयपुर जिल्लाको को त्रियुगा नगरपालिकाका विकासका पाईला अघी बढाउदै गईरहेको छ, तर पनि नगर क्षेत्रमा पर्ने माथिल्लो पहाडी भू-भाग,डाडा पाखा  र तलतीर पर्ने ठुला नदि हरु  त्रियुगा र बरुवा नदि र बर्षाको समयमा आउने असारे,साउने खोला हरु….
  • हुनत नगरपालिका का धेरै जसो वार्डमा बाटो बिजुली,पानी,सडक सन्जाल भएपनि नगरपालिका का केही वार्डमा भने नगरपालिकाको टाउको दुखाई रहेको छ त्यो हो त्यो वार्डमा पर्ने खोला नाला,पहाडी ईलाका भिर पाखा र नगर क्षेत्र का वार्डमा पनि बाटो पिच हुन न सक्नु र ग्राबेल गरेको बाटो हरु पनि वर्षा को याममा भत्किनु,साना साना खोला को राम्रो संरक्षण खासै हुन नसक्नु चै त्रियुगा बासी र नगर प्रमुख र जनता को टाउको दुखाई को बिषय बनेको छ…… केही दिन यता देखेको नगरपालिका भित्र का ३  फोटो कथा हरु…  प्रमुख प्रशासकीय अधिकृत बाल बाल बचेका छन ।

गाईघाट ३०,भदौ। उदयपुर जिल्लाको को त्रियुगा नगरपालिकाका विकासका पाईला अघी बढाउदै गईरहेको छ, तर पनि नगर क्षेत्रमा पर्ने माथिल्लो पहाडी भू-भाग,डाडा पाखा  र तलतीर पर्ने ठुला नदि हरु  त्रियुगा र बरुवा नदि र बर्षाको समयमा आउने असारे,साउने खोला हरु….हुनत नगरपालिका का धेरै जसो वार्डमा बाटो बिजुली,पानी,सडक सन्जाल भएपनि नगरपालिका का केही वार्डमा भने नगरपालिकाको टाउको दुखाई रहेको छ त्यो हो त्यो वार्डमा पर्ने खोला नाला,पहाडी ईलाका भिर पाखा र नगर क्षेत्र का वार्डमा पनि बाटो पिच हुन न सक्नु र ग्राबेल गरेको बाटो हरु पनि वर्षा को याममा भत्किनु,साना साना खोला को राम्रो संरक्षण खासै हुन नसक्नु चै त्रियुगा बासी र नगर प्रमुख र जनता को टाउको दुखाई को बिषय बनेको छ……

केही दिन यता देखेको नगरपालिका भित्र का ३  फोटो कथा हरु… 

प्रमुख प्रशासकीय अधिकृत बाल बाल बचेका छन ।

नगरपालिकाको कामको शिलशिलामा विराटनगरबाट गाईघाट फर्कर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल चढेको गाडी बगाएको हो । त्रियुगा नगरपालिका वडा २ स्थित लोहाले खोलाले गाडी बगाएको हो ।आईतबार राती करिव ८ बजेतिर सप्तरीको फत्तेपुर हुदै गाईघाट आउदा लोहाले खोला बाढी आएको थियो । नगरपालिकाको स १ झ ३३३ नम्बरको गाडी राती सामान्य बाढी जस्तो लागेर खोला तर्न खोजेकोमा बिचमै फसेको थियो । गाडी फस्ने वित्तिकै खोला आएको बाढीले गाडीलाई बगाउन थाल्यो । गाडी बगाउन थालेपछि गाडीबाट निस्केर लुईटेल बचेका थिए ।

विहान २ नम्बर वडा अध्यक्ष घमानसिह खत्रीले जेसिबी मेसिन मगाएर पुरेको गाडी झिकेका थिए । जानी जानी बाढी आएको बेला खोलामा गाडी हाल्दा गाडी बगाएको नगरबासीको ठहर छ ।

प्रमुख र उप प्रमुख देश बाहिर वार्ड सदस्य काम गराउदै त्रीयुगा नगरपालिका वडा नं-८ का जनप्रतिनिधी(वडा सदस्य) श्री गुणराज दनुवार (गुरुदेव) ले आफ्नै लगानिमा वडाका विभिन्न ठाउँ बैरेनी,उत्तरबारिटोल लगायतका ठाउमा सडक ग्रावेल गरेका छन,  साथै वडाका अन्य ठाउमा पनि बर्षाका कारणले आवतजावतमा कठिनाइ भएको भए सम्पर्क गर्न अनुरोध गरेर नगरपालिका लाई राम्रो सग काम गर्न गराउन मानसिक दबाब दियका छन।  

प्रदेश सांसद नगरपालिका क्षेत्र भित्र पहिरो ले जाम मा.

यही २९ भदौ देखि पर्यटकीय स्थल रौता मा भईरहेको प्रेस युनियनको सम्मेलनमा सहभागी हुँन जादै गर्दा नगरपालिका को १५ नम्बर वार्ड मा पर्ने बागखोर  मा गाडी फसेपछि मेसिन बोलायर बाटो बनाउदै  प्रदेश सांसद सहितको टोलि ।सबै मिली नगरपालिका को हरेक ठाउँमा भयका बाटो घाटो र नदि,पहिरो को उचित संरक्षण गर्न र बिग्रियको सडक बनाउन जरुरी देखिन्छ…

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?