टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी

सारांश

  • काठमाडौं ।
  • संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आउँदो चालू अधिवेशनबाट पारित गर्ने विषयमा तीन राजनीतिक दलबीच सहमति भएको छ ।
  • लामो समय विचाराधीन विधेयकलाई अन्तिम रूप दिएर पारित गर्ने तयारीमा छ ।

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आउँदो चालू अधिवेशनबाट पारित गर्ने विषयमा तीन राजनीतिक दलबीच सहमति भएको छ । लामो समय विचाराधीन विधेयकलाई अन्तिम रूप दिएर पारित गर्ने तयारीमा छ ।

सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको १२ बुँदे सम्झौताको बाँकी काम शान्ति प्रक्रियाको विषय टुंगोमा पु¥याउन आवश्यक संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयकमाथि दलहरूबीच सोमबार बसेको बैठकले सहमति जुटाएको हो ।

विधेयकमा रहेका विवादको विषयमा पीडितहरूले आपत्ति जनाएपछि लामो समय संसद्मा पेस भएको विधेयक अघि बढ्न सकेको थिएन । त्यसपछि संक्रमणकालीन न्यायलाई मूर्त रूपमा दिनका लागि कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्रका) नेता जनार्दन शर्मा रहेको कार्यदलले विधेयकमाथि उठेका विवाद समाधानका विषयमा सहमति जुटेको छ ।

सोमबार बसेको बैठकबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटे पनि सहमतिलाई लिखित रूपमा दस्तावेज बनाएर अन्तिम रूप दिन बाँकी रहेको कार्यदलका एक नेताले बताए । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पीडितहरूले विशेषगरी जघन्य हत्या, अपहरणलगायतका गम्भीर मानवअधिकार हननसँग जोडिएका घटनालाई राज्यले सामान्यीकरण गरेको भन्दै आपत्ति जनाएका थिए । संसद्मा दलहरूले सो विधेयक जस्ताको त्यस्तै पारित गरे अमान्य हुने चेतावनी दिएका थिए । साथै, राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर मानवअधिकार हननका घटनामा दोषीले उन्मुक्ति पाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गरेको थियो । प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिले समेत सो विषयलाई मिलाउन सकेको थिएन ।

कार्यदलको सहमतिमा हत्याको परिभाषामा ‘नियतपूर्वक वा स्वेच्छाचारी ढंगबाट गरिएको हत्या भनेर राख्ने सहमति संयन्त्रमा भएको कार्यदलका एक नेताले जानकारी दिए । त्यस्तै, घटी सजायमा प्रतिशत तोक्ने सहमति पनि संयन्त्रमा भएको छ । घटी सजायको विषयमा प्रचलित कानुनबमोजिम जे व्यवस्था छ, त्यहीअनुसार हुनेछैन । गम्भीर मानवअधिकार उल्लंघनका घटनामा दोषी देखिएका मानिसहरूले जेलै जान हुँदैन भन्ने नभइ ‘दन्ड पाइन्छ भन्ने एसुरेन्स’ गर्नेगरी विधेयक ल्याउने सहमति भएको छ ।

हत्या, अंगभंगको विषय र बेपत्तासँग जोडिएको विषय गम्भीर मानवअधिकार उल्लंघनको विषयमा कार्यदलका तीन सदस्य सहमत भएका छन् । सो विषयमा प्रचलित कानुनबाट नभई घटी सजायबाट हुने सहमति भएको छ । जसमा सर्तहरू छन् जस्ता–े उसले अनुसन्धानलाई सहयोग गर्नेलाई घटी सजाय हुने व्यवस्था गर्न लागिएको छ । घटी सजायका लागि अपराध स्वीकार गर्नुप¥यो प्रायश्चित गर्नुपर्ने हुन्छ । सशस्त्र द्वन्द्वकालीन गम्भीर मानवअधिकार उल्लंघनका मुद्दामा ७५ प्रतिशतसम्म सजाय कटौती गर्नेगरी राजनीतिक दलहरूबीच सहमतिको खाका बनेको छ । संयन्त्रमा स्वतन्त्र सहमति नभएमा ‘पीडित अदालत जानेगरी विधेयक बनाउने’ सहमति भएको छ । यस्तै, बालसेनाको विषय सम्बोधन गर्नेगरी कानुन बनाउन तीन नेता सहमत भएका छन् । तर, बालसेना भनेर विधेयकमा शब्द भने राखिनेछैन ।

विधेयकमा रहेका विवाद मिलाउन भन्दै गत १३ असारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित छलफल गरेका थिए । सोही दिन संयन्त्र बनाएर विधेयकमा सहमति जुटाउने निर्णय भएको थियो । सो निर्णयबमोजिम संयन्त्रले करिब आधा दर्जनपटक छलफल गरेको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता गराएको थियो । संसद्मा दर्ता भएको विधेयक कानुन समितिमा दफावार छलफलमा छ । विधेयक दर्ता भएको डेढ वर्ष बित्दा पनि ठोस निचोड आउन अझै सकेको छैन ।

समितिले विधेयकमा सहमति जुटाउन ५ जेठ २०८० मा २१ दिनको समय तोक्दै उपसमिति गठन गरेको थियो । सो उपसमितिको म्याद ५ साउनमा १५ दिन र ११ भदौमा सात दिन थपियो । २३ असोज २०८० मा उपसमितिको प्रतिवेदन समितिको पूर्ण बैठकमा बुझाइयो । चार बुँदामा सहमति जुटाउन उपसमितिले समितिसामु प्रतिवेदन बुझाएको थियो । थप छलफल गर्नुपर्ने चार बुँदाको पहिलो नम्बरमा मानवअधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा क्रुरतापूर्वक गरिएको हत्या, दोहोरो भिडन्तमाबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय छ ।

दोस्रो बुँदामा सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषय थियो ।

तेस्रो बुँदामा मानवअधिकार उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषय पनि मिलेको थिएन । कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्नुपर्ने विषय छलफलमा छ ।

चौथो बुँदामा घटी सजायका सम्बन्धमा ‘आधार–कारण’ खुलाएर सजाय कम गर्न सकिने व्यवस्था वा प्रतिशत नै तोकेर जाने भन्ने विषयमा कुरा मिलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापाको सीमावर्ती क्षेत्रमा कुकुरसहित निगरानी
झापाको सीमावर्ती क्षेत्रमा कुकुरसहित निगरानी
आज विश्व पशु दिवस मनाइँदै
आज विश्व पशु दिवस मनाइँदै
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
नाट्टामा दिपेन्द्र शर्मा र सिएन पाण्डेबीच प्रतिस्पर्धा हुने
नाट्टामा दिपेन्द्र शर्मा र सिएन पाण्डेबीच प्रतिस्पर्धा हुने
नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे
नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे
चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै
चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए पद तथा गोपनियताको सपथ
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए पद तथा गोपनियताको सपथ
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
अख्तियारलाई समेत मिलाएर भूमाफिया मालामाल !१२ अर्बको सरकारी जग्गा कप्लकै खाने को को ?
अख्तियारलाई समेत मिलाएर भूमाफिया मालामाल !१२ अर्बको सरकारी जग्गा कप्लकै खाने को को ?
घरटहरा नहटाउँदा काम अवरुद्ध !
घरटहरा नहटाउँदा काम अवरुद्ध !