बि.सं.२०७४ साल माघ १४ गते शनिवारको राशिफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
बि.सं.२०७४ साल माघ १४ गते शनिवारको राशिफल

सारांश

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुँने तथा सबैले तपाईको तारिफ गर्नेछन् ।
  • न्यून श्रमबाट मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ ।
  • पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिने समय रहेकोछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुँने तथा सबैले तपाईको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुँने तथा नया योजनाका साथ अगाडि बढ्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा दाजुभाई सँग बिवाद हुने योग रहेकोछ । छोटो दुरिको यात्रा गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउँन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समयको सहि सदुपयोग गरि बिदेशि लगानिहरु ल्याई रोजगारका अवसरहरु बढाउँन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको बिदेश यात्रा हुँने सम्भावनालाई नकार्न सकिदैन । राजनिति तथा समाजसेवमा जनताको आलोचना सहितको समर्थन पाईनेछ । बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना घट्ना सक्छ । माया प्रेममा अबिश्वास हुने योग रहेकोछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तरल पदार्थ तथा पानि सँग सम्बन्धित व्यापारमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुँने तथा बुवाको सल्लाह मान्दै अगाढि बढ्दा मनग्ने फाईदा हुँनेछ । पढाई लेखाईमा सुधार गर्दै लान सकिनेछ तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट रुपैया पैसा कमाउँन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुँनेछ । भाग्यले प्रेम पात्र जुराउँने ग्रहयोग रहेकोछ । साझपख लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला जरिवाना तथा दण्ड तिर्नु पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार फाईदा न्यून हुँनेछ । माया प्रेममा आत्मियताको कमि हुँनेछ भने घर परिवारमा मनमुटावको अवस्था सिर्जना हुँनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा प्रगति गरि नतिजा आफैतिर ल्याउन सकिनेछ । ईच्छित चाहनाहरु परिपुर्ति हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) समय तपाईकै पक्षमा रहने हुँनाले सानो प्रयत्नले ठुलो काम बन्नेछ । राज्यमा सम्मानजनक उपस्थिति रहनेछ भने मानसम्मानमा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक आवस्था सुदृड रहनेछ । खोजमुलक क्षेत्रमा मन जाने हुँनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा मान सम्मानमा आघात पुग्नेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुनै पनि काम गर्दा ध्यान दिनुहोला बिवादमा फस्ने योग रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर परिवार वा पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । मध्यान्हबाट समय तपाईकै पक्षमा आउने हुनाले सानो लगानिबाट मनग्गे आम्दानि हुनेछ । समयले सदुपयोग गर्दै मन्दिर तथा धार्मिक प्रतिष्ठानतिरको यात्रा हुनेछ । आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले काम गर्न सहज हुनेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा शुभचिन्तकहरु नै तपाईको काम बिगार्न तथा तपाईलाई फसाउँन लागि पर्नेछन् । व्यापारमा लगानि गर्न केहि समय पर्खनुहोला घाटा लाग्ने योग रहेकोछ । बाहिरि वातावरणमा घुममेल हुन नसक्दा स्वास्थ्यमा समस्या देखा पर्नेछ । ऋण तथा संकटको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन् ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सामेल नहुँनु होला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज प्रभावित हुँनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुँनाले लगानि बढाउन केहि समय पर्खनु होला । यात्रा भएपनि गन्तब्यमा पुग्न केहि कठिनाई हुनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछैन । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । मध्यान्हबाट समय तपाईकै पक्षमा आउने हुनाले पढाई लेखाईमा सुधार भएर जानेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुँनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुँनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
सुस्मिता चौधरीको अभिभावक प्रतिनिधि सभा सदस्य पौडेल
सुस्मिता चौधरीको अभिभावक प्रतिनिधि सभा सदस्य पौडेल
पर्यटनको विकासका लागि चितवनमा होमस्टे थपिँदै !
पर्यटनको विकासका लागि चितवनमा होमस्टे थपिँदै !
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन
गृहमन्त्री थापाले २१ दिनमा के के गरे? चर्चा कमाउने काममा व्यस्त!
गृहमन्त्री थापाले २१ दिनमा के के गरे? चर्चा कमाउने काममा व्यस्त!
सडकमा यस्तो अवस्थामा भेटिइन् दीपिका, भिडियोमा हेर्नुहोस् चिन्नै मुश्किल हुनेछ
सडकमा यस्तो अवस्थामा भेटिइन् दीपिका, भिडियोमा हेर्नुहोस् चिन्नै मुश्किल हुनेछ
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
आजको मौसमः चार प्रदेशमा पानी पर्ने समभावना
संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु
संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु