पूर्ण क्षति भएका ६५१ घर निर्माण

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पूर्ण क्षति भएका ६५१ घर निर्माण

सारांश

  • भोजपुर, १२ फागुन , जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका ६५१ वटा घरको पुनः निर्माण सम्पन्न भएको छ ।
  • लाभग्राही सूचीमा परेका पाँच हजार ७४९ पीडितमध्ये हालसम्म ६५१ जनाले घर निर्माण कार्य सम्पन्न गरी तेस्रो किस्ता बापतको भुक्तानी लिएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
  • त्यस्तैगरी पाँच हजार १४१ ले पहिलो र तीन हजार ५२५ ले दोस्रो किस्ताको रकम लिएको कार्यालयले जनाएको छ ।

भोजपुर, १२ फागुन , जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका ६५१ वटा घरको पुनः निर्माण सम्पन्न भएको छ ।

लाभग्राही सूचीमा परेका पाँच हजार ७४९ पीडितमध्ये हालसम्म ६५१ जनाले घर निर्माण कार्य सम्पन्न गरी तेस्रो किस्ता बापतको भुक्तानी लिएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । त्यस्तैगरी पाँच हजार १४१ ले पहिलो र तीन हजार ५२५ ले दोस्रो किस्ताको रकम लिएको कार्यालयले जनाएको छ । प्रबलीकरणतर्फ परेको ४५३ निवेदनमध्ये २१२ जनाले पहिलो किस्ता लिएको कार्यालयका नायब सुब्बा हरिकृष्ण दाहालले जानकारी दिनुभयो ।

कार्यालयले स्थानीय तहबाट आएका सम्पूर्ण सिफारिशलाई भुक्तानीका लागि बैंकमा पठाएको जनाएको छ । साथै दोहोरो नाम परेका, पीडित मृत्यु भएका लगायत अन्य विभिन्न विषयमा आएका निवदेनलाई सच्याउनका लागि केन्द्रमा पठाइएको छ । पछिल्लो समयमा पीडितका घर निर्माणको कार्यले तीव्र गीत पाएको पनि कार्यालयको भनाइ छ । लाभग्राही सूचीमा परेकामध्ये पाँच हजार १६७ पीडितले सम्झौता गरेका थिए ।

यायोक्खाको अध्यक्षमा राई

किरात राई यायोक्खा जिल्ला कार्यसमितिको अध्यक्षमा सिर्जना राई चयन हुनुभएको छ । शनिबार राति सम्पन्न भएको अधिवेशनले राईलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा अनिता राई र रामध्वज राई निर्वाचित हुनुभएको छ । सचिवमा विदुर राई सहसचिवमा राजिनकुमार राई, निरन राई, रामप्रसाद राई र कोषाध्यक्षमा रबिनकाजी राईसहित १७ कार्यसमिति चयन गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेना परिचालन गरेर भारतसँगका २० नाकामात्र खोल्ने
सेना परिचालन गरेर भारतसँगका २० नाकामात्र खोल्ने
बहराइनका नेपालीलाई विमान चार्टर गरी ल्याइदै
बहराइनका नेपालीलाई विमान चार्टर गरी ल्याइदै
प्रचण्डले ओलीलाई भने, ‘पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ’
प्रचण्डले ओलीलाई भने, ‘पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ’
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने
माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने
Nepal Government introduces Agriculture Forestry Policy to boost agro-forest products.
Nepal Government introduces Agriculture Forestry Policy to boost agro-forest products.
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
किन छोड्दैछन असार भित्रै १० हजार कर्मचारीले राजधानी ?
किन छोड्दैछन असार भित्रै १० हजार कर्मचारीले राजधानी ?
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन