दरवाङमा टेलिफोन सेवा विस्तार

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
दरवाङमा टेलिफोन सेवा विस्तार

सारांश

  • बाबियाचौर, म्याग्दी, ९ वैशाख, सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ ।
  • सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मालिका गाउँपालिका– ५ देवीस्थानमा रिपिटर टावर स्थापना गरेर योङ जेनेरेशन नेटवर्क (एनजिएन) प्रविधिको टेलिफोन विस्तार गरेको हो ।
  • टेलिफोनसँगै एडिएसएल इन्टरनेट चलाउन सकिने प्रविधिको ११० लाइन टेलिफोन जडान गरिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव साहले जानकारी दिनुभयो ।

बाबियाचौर, म्याग्दी, ९ वैशाख, सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ ।

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मालिका गाउँपालिका– ५ देवीस्थानमा रिपिटर टावर स्थापना गरेर योङ जेनेरेशन नेटवर्क (एनजिएन) प्रविधिको टेलिफोन विस्तार गरेको हो । टेलिफोनसँगै एडिएसएल इन्टरनेट चलाउन सकिने प्रविधिको ११० लाइन टेलिफोन जडान गरिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव साहले जानकारी दिनुभयो ।

तारजडित टेलिफोन सेवा विस्तार भएपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङ बजारका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज भएको छ । सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवामा सहज भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।
टेलिकमले यसअघि बेनीमा एक हजार २६१, पर्यटकीयस्थल घोडेपानीमा ३४ र गलेश्वरमा ५१ लाइन तारजडित टेलिफोन वितरण गरेको छ । एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा टेलिकमले गत चैतसम्म ७२ हजार ५५७ पोष्टपेड र प्रिपेड मोबाइल सिम वितरण गरेको छ ।

असी प्रतिशत जिल्लावासीमा नेपाल टेलिकमको सञ्चार सेवाको पहँुच पुगेको शाखा प्रमुख साहले बताउनुभयो । म्याग्दीमा टेलिकमका २५ मोबाइल बिटिएस, पाँच सिडिएमए र चार वाइम्याक्स टावर सञ्चालनमा छन् । यसै महिनाभित्र धौलागिरि गाउँपालिकाको केन्द्र मुना, मंगला गाउँपालिकाको झाँक्रेपानी र बेनी नगरपालिका–२ ज्यामरुककोटमा तीन नयाँ बिटीएस टावर सञ्चालनको तयारी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियोसहित)
फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियोसहित)
ओम्नीलाई कालोसूचिमा राख्ने निर्णय कायान्वयन नगर्न आदेश
ओम्नीलाई कालोसूचिमा राख्ने निर्णय कायान्वयन नगर्न आदेश
क्रिकेटर शक्ति गौचनले घरेलु मैदानमा खेलेर सन्यास लिने
क्रिकेटर शक्ति गौचनले घरेलु मैदानमा खेलेर सन्यास लिने
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
कोरोना संक्रमणबाट थप चारको मृत्यु
सात दिनभित्र च्यातिएको मतपत्र र आयोगको निर्णय पेश गर्न सर्वोच्चको आदेश
सात दिनभित्र च्यातिएको मतपत्र र आयोगको निर्णय पेश गर्न सर्वोच्चको आदेश
‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु :  प्रधानमन्त्री
‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री
अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली
अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
मुख्यसचिवको दौडमा टक्कर सुरु
मुख्यसचिवको दौडमा टक्कर सुरु

तपाईंले छुटाउनुभयो कि?