मलामी विश्रामस्थल निर्मित

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
मलामी विश्रामस्थल निर्मित

सारांश

  • चितवन, १३ फागुन ,प्रमुख सेनानी सुरेन्द्र सापकोटा र उहाँकी धर्मपत्नी लक्ष्मीले देवघाटमा मलामी विश्रामस्थल निर्माण गर्नुभएको छ ।
  • भरतपुरस्थित दी फेमस महेन्द्र दल गणका गणपति सापकोटाले आफ्ना मातापिताका नाममा रहेको दिलबहादुर–जसुदा फाउण्डेशनबाट निजी खर्चमा बनाएको विश्रामस्थल आज उद्घाटन गरिएको छ ।
  • सो अवसरमा प्रमुख सेनानी सापकोटाले मलामी आएका व्यक्ति पानी पर्दा र चर्काे घाम लाग्दा ओत लाग्न कठिन भएको देखेपछि विश्रामस्थल निर्माण गरिएको बताउनुभयो ।

चितवन, १३ फागुन ,प्रमुख सेनानी सुरेन्द्र सापकोटा र उहाँकी धर्मपत्नी लक्ष्मीले देवघाटमा मलामी विश्रामस्थल निर्माण गर्नुभएको छ ।

भरतपुरस्थित दी फेमस महेन्द्र दल गणका गणपति सापकोटाले आफ्ना मातापिताका नाममा रहेको दिलबहादुर–जसुदा फाउण्डेशनबाट निजी खर्चमा बनाएको विश्रामस्थल आज उद्घाटन गरिएको छ । सो अवसरमा प्रमुख सेनानी सापकोटाले मलामी आएका व्यक्ति पानी पर्दा र चर्काे घाम लाग्दा ओत लाग्न कठिन भएको देखेपछि विश्रामस्थल निर्माण गरिएको बताउनुभयो ।

रु चार लाख खर्च गरेर एक महिनामा सिमेन्टको पिलर र टिनको ट्रसबाट बनाइएको विश्रामस्थलमा करीब १०० मलामी बस्न मिल्छ । देवघाट क्षेत्र विकास समितिको गुरुयोजनाअन्तर्गत थप व्यवस्थित गर्नुपरेमा आवश्यक काम फाउण्डेशनका तर्फबाट गरिने उहाँले बताउनुभयो । फाउण्डेशन तनहुँको दमौलीमा स्थापना गरिएको हो ।

देवघाटमा चितवनसहित छिमेकी जिल्लाबाट शव दहनका लागि ल्याइन्छ । देवघाटमा व्यापार व्यवसाय गर्दै आउनुभएका समाजसेवी रत्नलाल शर्मा कँडेलले एक दिनमा करीब ३५ शव दहनका लागि ल्याइने गरेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?