कपिलवस्तुका एसपी हटे !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ असोज ।
  • जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोज यादबलाई हटाएको छ ।
  • कार्यसम्पादन राम्रो नभएको र तस्करीको लाइन खोलेको खुलेपछि उनलाई हटाइएको हो ।

काठमाडौं, २९ असोज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोज यादबलाई हटाएको छ । कार्यसम्पादन राम्रो नभएको र तस्करीको लाइन खोलेको खुलेपछि उनलाई हटाइएको हो ।
उनलाई हटाएर कपिलवस्तुमा एसपी अच्युतम पुडासैनीलाई पठाएको छ । त्यस्तै बारामा सिआइबीमा कार्यरत एसपी सानुराम भट्टराईलाई पठाइएको छ । बारामा कार्यरत एसपी मिरा चौधरी यूएन मिसनमा जाने भएपछि भट्टराईलाई पठाइएको हो ।

त्यस्तै जिप्रका झापाका डिएसपी जितेन्द्र बस्नेतलाई प्रदेश नम्बर ३ ट्राफिक कार्यालयमा सरुवा गरिएको छ भने डिएसपी महेन्द्र श्रेष्ठलाई झापामा काज सरुवा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?