भक्तपुरमा हजार बढी सक्रिय संक्रमित
सारांश
- भक्तपुर, ९ असोज ।
- भक्तपुरमा एक हजार ४६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।
- जुन कूल संक्रमित संख्याको ६१.
भक्तपुर, ९ असोज । भक्तपुरमा एक हजार ४६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। जुन कूल संक्रमित संख्याको ६१.३ प्रतिशत हो। भक्तपुरमा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७ सय ७ पुगेको छ।
यहाँ समग्र नेपालको भन्दा सक्रिय संक्रमितको संख्या दोब्बरभन्दा बढी रहेको छ। समग्र नेपालमा २६.३ प्रतिशतमात्रै सक्रिय संक्रमित रहेका छन्। भक्तपुरका ६ सय ६१ जनामात्र कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्। ३ सय ६७ पुरुष र २ सय ९४ महिलाले कोरोना भाइरस संक्रमण जितेका छन्। जुन संक्रमित संख्याको ३८.७प्रतिशतमात्रै हो।
भक्तपुरमा कोरोना भाइरस संक्रमण जित्नेको दर नेपालको भन्दा करिब आधामात्रै रहेको छ। नेपालमा कूल संक्रमितको ७२.७ प्रतिशतले कोरोना भाइरस संक्रमणलाई जितेका छन्।
भक्तपुरमा कोरोना भाइरस संक्रमणको मृत्युदर पनि समग्र नेपालको भन्दा दोब्बर बढी छ। भक्तपुरका २३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। जुन कूल संक्रमितको १.३४ प्रतिशत हो। समग्र नेपालमा भने कोरोना भाइरस संक्रमणको मृत्युदर ०.६५ प्रतिशतमात्रै रहेको छ। स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका १५ पुरुष र ८ महिला गरी २३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो।
यहाँका चार नपामध्ये सबैभन्दा मध्यपुर थिमिका ९ जना पुरुष र ४ महिला गरी १३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।
मध्यपुर थिमिपछि भक्तपुर र सूर्यविनायक नपाका ५(५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। भक्तपुरका ४ पुरुष र एक महिला तथा सूर्यविनायकका २ पुरुष र ३ महिलाको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालयका अनुसार बिहीबार भक्तपुरमा ४८ जनामात्रै नयाँ संक्रमित थपिएको छ। जबकि स्वास्थ्य मन्त्रालयले ५१ जना संक्रमित रहेको जनाएको थियो। बिहीबार यहाँका चार नपामध्ये सबैभन्दा बढी सूर्यविनायक नपामा १५ पुरुक्ष र ५ महिला गरी २० जना संक्रमित थपिएका छन्। मध्यपुर थिमिमा ७ पुरुष र ५ महिला गरी १२ जना, भक्तपुरमा ९ पुरुष र एक महिला गरी १० जना तथा चाँगुनारायणमा एक पुरुष र एक महिला गरी २ जना नयाँ संक्रमित थपिएका छन्।
बिहीबार थपिएका ४ जना नयाँ संक्रमितलाई सम्पर्क हुन नसकेको कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लले जानकारी दिएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।
प्रतिक्रिया