दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’

सारांश

  • काठमाडौँ, ४ असोज ।
  • ‘नेपाल टेलिभिजन’को नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ ।
  • छमछमी नेपाली माटोसुहाउँदो मौलिक नृत्य कार्यक्रम हो ।

काठमाडौँ, ४ असोज । ‘नेपाल टेलिभिजन’को नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ ।छमछमी नेपाली माटोसुहाउँदो मौलिक नृत्य कार्यक्रम हो । ‘नेपाली मनको, नेपालीपनको’ मौलिक कार्यक्रम छमछमीमा आउने दर्शकको मतको मात्राले पनि यो कार्यक्रमप्रतिको आकर्षणलाई देखाउँछ । मेचीदेखि महाकालीसम्म करीब दुई हजार पाँच सय नृत्यप्रेमीले छलछमी–३ सम्म नाचेर गइसकेका छन् । संविधान दिवसका अवसरमा नेपाल टेलिभिजनले आजदेखि ‘छमछमी–४’ को ‘काठमाडौँ अडिशन’९जाँच० शुरु गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले छमछमी–४ को उद्घाटन गर्दै देशको आर्थिक समृद्धिका लागि कला, संस्कृति र सभ्यताले ठूलो सहयोग गर्न सक्ने बताउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “ देउडा, तामाङ सेलो, चण्डी नाच, सोरठी आदि हाम्रा मौलिक संस्कृति हुन् ।”
सबल राष्ट्र निर्माणको आधार कला र संस्कृति बन्न सक्ने बताउँदै उहाँले नेपालका सबै संस्कार र संस्कृतिलाई व्यापक प्रचारप्रसार गरेर त्यसलाई पर्यटनमा रुपान्तरण गर्न सके अर्थोपार्जन हुनाका साथै संस्कृतिको पनि संरक्षण हुने स्पष्ट गर्नुभयो । मन्त्री बाँस्कोटाले छमछमी कार्यक्रमले देशमा छरिएर रहेका प्रतिभाहरुको पहिचान तथा कला र संस्कृतिको संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले नेपाली प्रतिभाको प्रष्फुटन गर्ने उद्देश्यले शुरु गरिएको सो कार्यक्रममा नेपालीको मौलिक पहिचान झल्कने तथा मुलुकभित्रका १२५ जातजाति र १२३ भाषाभाषीको वेशभूषा देखिने बताउनुभयो ।‘छमछमी’ नृत्य कार्यक्रममा १४ वर्षमाथिका नेपाली नागरिकले भाग लिन पाउनेछन् । नेपाल टेलिभिजनको रजत महोत्सवका उपलक्ष्यमा २०६६ सालदेखि सो कार्यक्रमको शुरुआत भएको हो ।

छमछमी–४ का निर्णायकमा नृत्याङ्गाना मिथिला शर्मा हुनुहुन्छ । उहाँ पहिलो शृङ्खलादेखि नै निर्णायकको भूमिकामा रहनुभएको छ । त्यस्तै राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा समेत नृत्य मञ्चमा स्थापित महेश गोदार र नेपाली सिने जगत्की नायिका सञ्चिता लुइँटेल हुनुहुन्छ ।छमछमी–४ मा २०० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडाँैपछि बिर्तामोड, इटहरी, जनकपुर, हेटाँैडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढी अडिशन हुनेछ । कार्यक्रम प्रस्तोतामा नारायण कडरिया र रोशनी खत्री रहनुभएको छ ।

आगामी कात्तिक ४ गतेदेखि साँझ ८ः५० बजे प्रसारण गरिने छमछमी–४ पनि दर्शकमाझ लोकप्रिय हुने विश्वास आयोजकले गरेको छ । छलछमी सिजन–१ मा झापाकी अजुजा अग्रवाल, छलछमी सिजन–२ मा पूर्वकै साजन तामाङ र छलछमी सिजन–३ मा हेटाँैडाका सरोज प्रजा विजेता बन्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना
द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना
Adultfriendfinder Review The fall of 2021 Browse the Fullest Online dating Website Assessment
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर
हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छुः निर्देशक द्विवेदी
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छुः निर्देशक द्विवेदी
अमेरिकाद्वारा नेपालसामु २०८ रन रनको लक्ष्य
अमेरिकाद्वारा नेपालसामु २०८ रन रनको लक्ष्य
कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : मन्त्री शर्मा
कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : मन्त्री शर्मा
प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान
प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान
भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’को नाममा ‘मदिरा’ भित्रियो
भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’को नाममा ‘मदिरा’ भित्रियो
प्रेस काउन्सिल र कर्णालीका मुख्यमन्त्रीबीच छलफल
प्रेस काउन्सिल र कर्णालीका मुख्यमन्त्रीबीच छलफल

तपाईंले छुटाउनुभयो कि?