सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा नयाँ रेकर्ड कायम गर्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ९, २०७७
|
|
१८ पटक हेरिएको
Shares
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा नयाँ रेकर्ड कायम गर्दै

सारांश

  • काठमाडौँ ९ साउन : बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा यो हप्ता मात्र ४.
  • २ प्रतिशतले बढेर प्रतिअउन्स एक हजार ८८८ डलरमा पुगेको छ।
  • जुन सेप्टेम्बर २०११ पछिको उच्च मूल्य हो।

काठमाडौँ ९ साउन : बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा यो हप्ता मात्र ४.२ प्रतिशतले बढेर प्रतिअउन्स एक हजार ८८८ डलरमा पुगेको छ। जुन सेप्टेम्बर २०११ पछिको उच्च मूल्य हो। यससँगै हालसम्मको उच्च मूल्य (प्रति अउन्स एक हजार ९२० डलर) सँगको दूरी साँघुरिँदै गएको छ।

कोरोना महामारीको अनिश्चितता, अमेरिका र चीनका बीचको तनाव र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लगानीकर्ताहरु सुरक्षित लागनीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्यमा अत्याधिक वृद्धि भइरहेको बताइएको छ।

यसैगरी, कोरोनाको कारणले अन्य लगानीको क्षेत्र नभएको र बजार अस्थिर र अनिश्चित भइरहेको कारण सुनको भाउ बढ्दै गएको हो।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा यसको प्रत्यक्ष असर नेपालको सुन बजारमा पनि देखिएको छ। नेपालमा पनि सुनको मूल्यले दिन–प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको छ। नेपालमा यस साता मात्र सुनको मूल्य ३ हजार ३०० रुपैयाँले बढिसकेको छ।मेरोलागानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?