अमेरिकाद्वारा नेपालसामु २०८ रन रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०८०
|
|
२३ पटक हेरिएको
Shares
अमेरिकाद्वारा नेपालसामु २०८ रन रनको लक्ष्य

सारांश

  • काठमाडौँ ।
  • आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ ।
  • जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल बनायो ।

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल बनायो । अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेले । उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए । यस्तै सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?