हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
३६ पटक हेरिएको
Shares
हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर

सारांश

  • शान्तिराज राई, काठमाडाै, २ साउन ।
  • विश्व अल्ट्रा ट्रेल रनिङ क्षेत्रमा चर्चित मिरा राई र गोर्खा ट्रेलब्लेजर ‘हङकङ ट्रेल रनिङ अवार्ड २०१७–२०१८’ नोमिनेशनमा परेका छन् ।
  •   बिश्वमा ट्रेल रनिङ खेलका लागि हङकङ अति चर्चित स्थान हो ।

शान्तिराज राई, काठमाडाै, २ साउन । विश्व अल्ट्रा ट्रेल रनिङ क्षेत्रमा चर्चित मिरा राई र गोर्खा ट्रेलब्लेजर ‘हङकङ ट्रेल रनिङ अवार्ड २०१७–२०१८’ नोमिनेशनमा परेका छन् ।  बिश्वमा ट्रेल रनिङ खेलका लागि हङकङ अति चर्चित स्थान हो । गन रनिङले ‘ट्रेल रनर्स एशोसिएसनकोु सहयोगार्थ हङकङ ट्रेल रनिङ अवार्ड हरेक वर्ष आयोजना गर्दै आएको छ ।

सन् २०१७–२०१८ सालको अवधिमा हङकङमा आयोजना भएका एशिया एवं विश्वस्तरका प्रतियोगिताहरुमा सहभागी विश्वका स्काई रनरहरु जो हङकङमा विशेष छाप छाडेका छन् उनीहरुलाई यस अवार्डकालागि नोमिनेशन गरिएको छ । नोमिनेशनमा परेपछि गोर्खा ट्रेलब्लेजरका आयोजक देवराज राईले भने – ‘मिरा राई आज विश्वमा चर्चित छन् किनकी हङकङको रनिङ कम्युनिटीले उनलाई शुरुका दिनमा पहिचान गरेको थियो । यसर्थ हङकङ ट्रेल रनिङ अवार्ड २०१७–२०१८ कार्यक्रमले अति महत्व राख्दछ ।’

राईले अगाडि भने – ‘यस अवार्डको नोमिनेशनमा पर्दा नेपालीहरु ट्रेल रनर मात्र होइन अन्तराष्ट्रिय ट्रेल रनिङ ईभेन्ट पनि आयोजना गर्न सक्छन् भन्ने सन्देश गएको छ ।’ बिश्वमा उत्कृष्ट स्काई रनर मिरा राई सबैको प्रेरणकोश्रोत बनेकीले एशियाको खेलाडीलाई प्रदान गरिने अवार्ड अल्पाईनामेन्टे एशियन रनर अफ द ईयरका लागि छनौटमा परेकी हुन भने गोर्खा ट्रेलब्लेजर क्राम्पफिक्स बेष्ट न्यू रेसमा नोमिनेशनमा परेको हो ।

यदि तपाई पनि नेपालीहरुलाई जिताउन चाहनुहुन्छ भने तल दिइएको लिंकमा गएर भोट गर्न सक्नुहुनेछ । २७ जुलाई वितरण गरिने यस अवार्डका लागि अनलाईन भोटिङ २२ जुलाईसम्म खुल्ला रहने छ ।

https://www.surveymonkey.com/r/HKTRA18

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?