बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद् : प्राधिकरण

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद् : प्राधिकरण

सारांश

  • काठमाडौंँ, १२ माघ।
  • नेपाल विद्युत् प्राधिकरणले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
  • प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नो तर्फबाट कुनै पनि लापर्बाही नरहेको र नगरेको प्रष्ट पारेको छ ।

काठमाडौंँ, १२ माघ। नेपाल विद्युत् प्राधिकरणले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नो तर्फबाट कुनै पनि लापर्बाही नरहेको र नगरेको प्रष्ट पारेको छ । प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले रासससँग कुरा गर्दै बसको छतमा राखिएको टिनको ट्याङ्का ११ केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट प्रवाह भएको बताउनुभयो ।

“प्रसारण लाइनका तार तल झरेको छैन, सामान्य अवस्थामा नै छ”, उहाँले भन्नुभयो, “करेन्ट लागेकोभन्दा अगाडि त्यही साइजको जन्ती बस त्यहाँबाट पार गरेको थियो त्यसमा केही भएन, तर करेन्ट लागेको गाडीको छतमा ट्याङ्का राखिएको र त्यसले नाङ्गो तारमा छुँदा दुर्घटना भएको हो, यसमा चालकले ध्यान नदिएको देखिन्छ ।”

त्यस स्थानमा प्रसारणको तार लत्रिएको गुनासो यसअघि कहीँबाट नआए उहाँले स्पष्ट पार्नुभयो । सबैला नगरपालिकाले भने प्राधिकरणको लापर्बाहीले घटना भएको आरोप लगाएको छ ।

कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कदै गरको बसमा शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा छ जनाको मृत्यु भएको थियो । घाइते छ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’
‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’
खुकुरी प्रहार गरी युवकको हत्या
खुकुरी प्रहार गरी युवकको हत्या
मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल
मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल
पूर्वेली भाकामा  अभिनेत्री केकी
पूर्वेली भाकामा अभिनेत्री केकी
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
संखुवासभामा वाम गठबन्धन ४६ मतले अघि
संखुवासभामा वाम गठबन्धन ४६ मतले अघि
मोरङ १ मा घनश्यामलाई न्याय, डिगबहादुरलाई सजायँ !
मोरङ १ मा घनश्यामलाई न्याय, डिगबहादुरलाई सजायँ !
यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन
यसरी दिन सकिन्छ आफ्ना दाजु भाई तथा दिदिबहिनीका लागि अमेरिकी ग्रीनकार्ड आवेदन
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर

तपाईंले छुटाउनुभयो कि?