दर्शनका लागि पशुपतिनाथ पुगे सचिन
सारांश
- नेपाल भ्रमणमा आएका भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
- नेपाल पर्यटन बोर्डले पशुपति दर्शनको व्यवस्थापन गरेको हो ।
- युनिसेफको सद्भावनादूतका रुपमा सचिन शुक्रबार नेपालमा आएका थिए ।
नेपाल भ्रमणमा आएका भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । नेपाल पर्यटन बोर्डले पशुपति दर्शनको व्यवस्थापन गरेको हो ।
युनिसेफको सद्भावनादूतका रुपमा सचिन शुक्रबार नेपालमा आएका थिए । शनिबार उनले टियू ग्राउन्डमा बालबालिकासँग क्रिकेट खेले । आजै उनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटवार्ता गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया