‘लुट’का निर्मातको घरबाट बरामद गरिएको दुई करोड नक्कली भएको प्रमाणित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
‘लुट’का निर्मातको घरबाट बरामद गरिएको दुई करोड नक्कली भएको प्रमाणित

सारांश

  • काठमाडाै, ६ जेठ ।
  • नेपाल राष्ट्र बैंकले चलचित्र निर्माता माधवराज वाग्लेको घरबाट बरामत गरेको २ करोड ५२ लाख रुपैयाँ नक्कली भएको प्रमाणित गरेको छ।
  • महानगरीय प्रहरी परिसर टेकुले वाग्लेको घरबाट बरामद भएको रुप्रयाँ नक्कली हो कि होइन छुट्टाउनका लागि पत्रसहित नमुना पाठाएकोमा राष्ट्र बैंकले आइतबार उक्त रकम नक्कली भएको प्रमाणित गरेको हो।

काठमाडाै, ६ जेठ । नेपाल राष्ट्र बैंकले चलचित्र निर्माता माधवराज वाग्लेको घरबाट बरामत गरेको २ करोड ५२ लाख रुपैयाँ नक्कली भएको प्रमाणित गरेको छ।

महानगरीय प्रहरी परिसर टेकुले वाग्लेको घरबाट बरामद भएको रुप्रयाँ नक्कली हो कि होइन छुट्टाउनका लागि पत्रसहित नमुना पाठाएकोमा राष्ट्र बैंकले आइतबार उक्त रकम नक्कली भएको प्रमाणित गरेको हो। राष्ट्र बैंकका प्रवक्ता नाराणप्रसाद पौडेलका अनुसार प्रहरीलाई नक्कली भएको प्रमाणित पत्र समेत दिइसकको छ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा ६१, ९५ र ९६ मा भएको व्यवस्था अनुसार कानुनी कारबाहीको अघि बढाउन पत्रमार्फत प्रहरीलाई निर्देशन समेत दिइसकिएको प्रवक्ता पौडेलले जानकारी दिए।

अदालतबाट कानुनी कारबाही प्रक्रिया टुंगिएपछि राष्ट्र बैंकको ऐन, २०५८ को दफा ५७ को उपदफा ९४० मा भएको व्यवस्था बमोजिम प्रहरीले बरामद गरेको सम्पूर्ण नोट राष्ट्र बैंकमा दाखिला गर्नुपर्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?