काठमाडौमा छठपर्व विशेष सरसफाइ अभियान, आइतबार बिहानैदेखि यसरी गरिदैछ सरसफाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १३, २०७९
|
|
३७ पटक हेरिएको
Shares
काठमाडौमा छठपर्व विशेष सरसफाइ अभियान, आइतबार बिहानैदेखि यसरी गरिदैछ सरसफाई

सारांश

  • काठमाडौ ।
  • अघिपछि सडकमा फोहोर तथा धुलाम्मे र हिलाम्मे हुने काठमाडौं शहर आइतबार विहान काठमाडौका सडकहरु सफा देखिन्थे ।
  • कतै भ्रुमरले सफा गरिरहेको थियो त कतै मानिसहरुले नै सफा गरिरहेका थिए ।

काठमाडौ । अघिपछि सडकमा फोहोर तथा धुलाम्मे र हिलाम्मे हुने काठमाडौं शहर आइतबार विहान काठमाडौका सडकहरु सफा देखिन्थे । कतै भ्रुमरले सफा गरिरहेको थियो त कतै मानिसहरुले नै सफा गरिरहेका थिए । लाग्थ्यो हिजो अस्तीको भन्दा आज सडकको मुहार फेरिएको जस्तो । आइतबार छठ पर्व परेका कारण महानगरपालिकाले छठ पर्व विशेष सरसफाइ गरिरहेको छ।

सूर्य उपासनासँग सम्बन्धित तराईमा धुमधामसँग मनाइने यो पर्व पछिल्ला वर्षहरुमा पहाडी जिल्लामा पनि मनाउन थालिएको छ। यससँगै काठमाडौंका कमलपोखरी, नागपोखरी, गौरीघाट गुह्येश्वरी, शंखमुल, टंकेश्वरी, बालाजुलगायतका स्थानमा श्रद्धालुहरु बेलुका अस्ताउँदो सूर्य र विहान उदाउँदो सूर्यको उपासनाका लागि जाने गरेका छन्। श्रद्धालुहरुको सहजताका र जलाशयहरुको स्वच्छताका लागि महानगरले विशेष सरसफाइ गरेको हो ।

‘‘सरसफाईका लागि महानगर र निजी संघ संस्थाका सफाईकर्मीसँगै नगर प्रहरी, स्थानीय संघ संस्थाका प्रतिनिधिहरू खटिएका छन्। यस क्रममा घाँस काट्ने, झार उखेल्ने, फोहोर संकलन गर्ने, ढुवानी गर्नेलगायत काम भइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?