दलित सङ्ग्रहालय निर्माण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
दलित सङ्ग्रहालय निर्माण

सारांश

  • बेँसीशहर, १४ असोज ।
  • बेँसीशहर नगरपालिका–३ को पर्यटकीय स्थल गाउँ गाउँशहरमा दलित सङ्ग्रहालय निमार्ण गरिएको छ ।
  • गाउँशहरस्थित युवा क्लब, आमा तथा बाबा समूहको सक्रियतामा उक्त सङ्ग्रहालय निमार्ण गरिएको हो ।

बेँसीशहर, १४ असोज । बेँसीशहर नगरपालिका–३ को पर्यटकीय स्थल गाउँ गाउँशहरमा दलित सङ्ग्रहालय निमार्ण गरिएको छ । गाउँशहरस्थित युवा क्लब, आमा तथा बाबा समूहको सक्रियतामा उक्त सङ्ग्रहालय निमार्ण गरिएको हो ।पाँच वर्षअघि मौलिक शैलीको परम्परागत गोलाकार आकारमा सङ्ग्रहालय निर्माण शुरु गरिएको थियो । ढुङ्गा, माटो र काठको जडानबाट निर्माण गरिएको बाहिर सिमेन्ट प्लाष्टर गरिएको उक्त सङ्ग्रहालय बाहिरबाट हेर्दा र भित्र घुमफिर गर्दा अवलोकनकर्तालाई परम्परागत घरकै अनुभूति होस् भन्ने उद्देश्यले संरचना निर्माणमा सकेसम्म मौलिकता दिइएको सिकर्मी हर्कबहादुर मौरतीले बताउनुभयो ।

सङ्ग्राहलय निर्माण समितिका अध्यक्ष अजय मजाकोटीले करीब १३ फिट गोलाइको सङ्ग्रहालयको छानो बन्दीपुरबाट ल्याइएको स्लेट ढुङ्गाले छाइएको बताउनुभयो । “बाहिरी भित्तामा प्लाष्टर गरी माटो र कमेरोजस्तै मौलिक देखिने रङ्गले पोतेर फूलबुट्टा भरिएको छ” उहाँले भन्नुभयो, “एउटा ढोका र चार झ्याल मौलिक स्वरूपको बनाएर राखिएको छ ।” उहाँका अनुसार सङ्ग्राहलय निर्माणमा रु १५ लाख ५० हजार ६३५ लगानी भएको छ । यसमा स्थानीयवासीले रु पाँच लाख ४१ हजार ५२९ बराबरको श्रमदान गरेका थिए ।

सङ्ग्रहालय निर्माणका लागि तत्कालीन गाउँशहर गाविसबाट पर्यटन शीर्षकमा आर्थिक वर्ष २०७०÷७१ मा रु ६१ हजार २६१, गाविसबाट लक्षित वर्ग शीर्षकबाट रु ७२ हजार २००, आर्थिक २०७२÷७३ मा तत्कालीन जिल्ला विकास समितिबाट रु तीन लाख सहयोग प्राप्त भएकोे थियो । आव २०७२÷७३ भूसंरक्षण कार्यालयबाट जाली सहयोगका लागि रु ७५ हजार ६४५, आव २०७३÷७४ मा बेँसीशहर नगरपालिकाबाट रु ५० हजार, सोही आर्थिक वर्षमै संसद् विकास कोषबाट रु एक लाख ५० हजार र आव २०७४÷७५ मा बेँसीशहर नगरपालिकाबाट रु तीन लाख प्राप्त भएको थियो । नगरपालिकाले आव २०७५÷७६ मा रु एक लाख विनियोजन गरेको अध्यक्ष मजाकोटीले बताउनुभयो ।

सङ्ग्रहालयमा दलित समुदायका पुख्र्यौली, मौलिक र परम्परागत सीपबाट बनेका सामाग्री सङ्ग्रह गरिएको स्थानीय जनज्योति युवा क्लबका अध्यक्ष विजय दुलालले बताउनुभयो । “गाउँमा नयाँ काम गरिएको छ, धेरैतिरबाट प्रशंसा पनि भएको छ”, दुलालले भन्नुभयो, “हामी निकै उत्साहित छौँ, स्वेदश र विदेशमा रहनुभएका दाजुभाइको आर्थिक सहयोगले सङग्राहलय निर्माण ग¥यौँ ।” दलित समुदायको मात्रै सङ्ग्राहलय निर्माण सम्भवतः नेपालमै पहिलो हुनसक्ने उहाँको भनाइ थियो । थुम्काडाँडामा जिल्लामै दलित समुदायको सबैभन्दा ठूलो झण्डै चार सय परिवारको बस्तीे छ ।

स्थानीय जनज्योति युवा क्लबको पहलमा राक्सेस्थान आमा समूह र जयश्री गणेश बाबा समूहको सक्रियतामा सो सङ्ग्राहलय निर्माण गरिएको हो । दलित समुदायको ऐतिहासिक, साँस्कृतिक, सामाजिक तथा अन्य विविध पक्षबारे गाउँमा आउने पर्यटक एवं नयाँपुस्तालाई जानकारी गराउने उद्देश्यले सङ्ग्राहलय निर्माण गरिएको स्थानीय दलित अगुवा बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनसन तोड्दै  डा. गोविन्द केसी
अनसन तोड्दै डा. गोविन्द केसी
अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
चीनले दियो उपल्लो मुस्ताङ्गीलाई यस्तो सामाग्री
डेनमार्ककी राजकुमार योकिम हेल्गर गोरखामा…
डेनमार्ककी राजकुमार योकिम हेल्गर गोरखामा…
सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण सुरु
सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण सुरु
सरकारका कामबारे डटेर कुरा राख्नुहाेस: प्रधानमन्त्री अाेली
सरकारका कामबारे डटेर कुरा राख्नुहाेस: प्रधानमन्त्री अाेली
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
वाम गठबन्धनले ४० सिट जित्ने अनुमान :यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा
सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा
दलित समुदायको प्रतिनिधित्व कमजोर बन्दै
दलित समुदायको प्रतिनिधित्व कमजोर बन्दै

तपाईंले छुटाउनुभयो कि?