२ वर्षभित्र सरकारको आफ्नै संसद भवन हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १०, २०७७
|
|
२४ पटक हेरिएको
Shares
२ वर्षभित्र सरकारको आफ्नै संसद भवन हुने

सारांश

  • सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन आगामी दुई वर्षभित्र तयार हुने भएको छ ।
  • भवन तयार भएपछि महँगो भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य हुुनेछ ।
  • सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार निर्माणाधीन संसद् भवनको स्थलगत अनुमगन गर्नुहुदै सरकारका महत्त्वपूर्ण कामको नतिजा जनताले देख्ने र महसुस गर्ने बेला भएको बताएका छन् ।

सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन आगामी दुई वर्षभित्र तयार हुने भएको छ । भवन तयार भएपछि महँगो भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य हुुनेछ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार निर्माणाधीन संसद् भवनको स्थलगत अनुमगन गर्नुहुदै सरकारका महत्त्वपूर्ण कामको नतिजा जनताले देख्ने र महसुस गर्ने बेला भएको बताएका छन् ।

उनले अबका दिनमा सरकारले भाडामा भवन लिएर संसद् सञ्चालन गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरे । वार्षिक १५ करोड भाडा तिरेर अहिले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् सञ्चालन भइरहेको छ ।

निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सात प्रतिशत छ । साइट क्लियरेन्सका लागि समय लागेकाले केही ढिलाइ भएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

१७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवन निर्माणको लागत छ अर्ब ९२ करोड रुपियाँ छ । गत वर्ष असोज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको रहेको आजको आजको गोरखापत्र दैनिकमा खवर छ ।

(https://fleshbot.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?