प्रधानमन्त्री ओलीले मागे शेयर, सबैलाई आह्वान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले मागे शेयर, सबैलाई आह्वान

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली थ्री बी जलविद्युत आयोजनाको साधारण शेयर (आइपिओ) को १० हजार कित्ता शेयर खरिदका लागि आवेदन गरेका छन् ।
  • प्रधानमन्त्री ओली शेयरको पहिलो आवेदनकर्ता भएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली थ्री बी जलविद्युत आयोजनाको साधारण शेयर (आइपिओ) को १० हजार कित्ता शेयर खरिदका लागि आवेदन गरेका छन् ।

प्रधानमन्त्री ओली शेयरको पहिलो आवेदनकर्ता भएका छन् । नेपालको पानी जनताको लगानी कार्यक्रमको उद््घाटन गर्दै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताको आवेदन गरेकी हुन् ।

उर्जामन्त्री बर्षमान पुनले हजार कित्ता र पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ता शेयर आवेदन गरेका छन् । शेयर खरिदपछि प्रधानमन्त्री ओलीले नयाँ अभ्यासको थालनी भएको बताए । प्रधानमन्त्री ओलीले आम सर्वसाधाणलाई लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो शेयर खरिदका लागि आवेदन दिएको बताए ।

मौरीले थोरैथोरै फूलको रस संकलन गरेर धेरै मह जम्मा गरेजस्तै नेपालीको थोरै लगानीले ठूला आयोजना बनाउन सकिने बताए । “मौरीले फूलको थोरै रस संलकन गरेर मह जम्मा गरे जस्तै हामीले थोरै थोरै लगानीमा सबै जनतालाई सहभागिता गराएर ठूला आयोजनाको निर्माण गर्न सक्छौं” प्रधानमन्त्री ओलीले भने, “यस्तो अभियान पर्यटन, कृषि आदिका क्षेत्रमा पनि सञ्चालन गर्न सकिन्छ ।”

वहालवाला तथा सेवा निवृत भइसकेका पूर्व शिक्षक, कर्मचारी, सुरक्षाकर्मीले यस्ता आयोजना सञ्चालन गर्नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “यो कार्य आफ्नो देश आफैं बनाउँ अभियानको सुरुवात हो” प्रधानमन्त्री ओलीले भने, “यसमा सहभागी हुन विदेशमा रहेका सम्पूर्ण नेपालीहरु आह्वान गर्छु । यस्तो अभियानले देशलाई छिटो समृद्धिमा पु-याउन सकिन्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?