गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….

सारांश

  • गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् ।
  • जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका थिए ।
  • अघिल्लो आवमा भएका १५१ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको थियो ।

गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका थिए ।
अघिल्लो आवमा भएका १५१ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको थियो । ती घटनामा ११४ जना गम्भीर र १२१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कायालयले जनाएको छ ।

कार्यालय प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आव २०७१/७२ मा १२६ वटा दुर्घटना भएका थिए । जसका कारण ८२ जनाको मृत्यु १२७ जना गम्भीर र १३२ जना सामान्य घाइते भएका थिए ।

गत आवमा सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडकखण्डमा २९ प्रतिशत, पूर्वपश्चिम राजमार्गमा २२ प्रतिशत, पृथ्वीराजमार्गमा १७ प्रतिशत, भरतपुर क्षेत्रमा १४ प्रतिशत र अन्य भित्री सडकमा १८ प्रतिशत सवारी दुर्घटनामा मृत्यु भएको चर्चा गर्दै उहाँले दुर्घटना बढ्नुको कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

जसमा १५८ वटा दुर्घटना चालकको लापर्बाहीबाट, १६ वटा अर्कोलाई उछिन्ने क्रममा, ४५ वटा तीव्र गतिका कारण, १२ वटा मादक पदार्थ सेवन गरी चलाएका कारण, दुईवटा यान्त्रिक गडबढीका कारण, चारवटा अधिक भार ‘ओभरलोड’का कारण, १३ वटा यात्रुको गल्तीका कारण, पाँच सडकको अवस्थाका कारण र तीनवटा प्राकृतिक प्रकोपका कारण दुर्घटना भएको पन्तले बताउनुभयो ।

प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पछिल्लो समय कहालीलाग्दो गरी दुर्घटना भएको भन्दै यसको न्यूनीकरणका लागि आवश्यक गृहकार्य भइरहेको बताउनुभयो । प्रहरी एक्लैले दुर्घटना न्यूनीकरण गर्न सम्भव नहुने भन्दै उहाँले सरोकारवाला पक्षले पनि यसका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
टिभी अन्नपूर्ण बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एचआइभी संक्रमितलाई निशुल्क औषधी : प्रम ओली
एचआइभी संक्रमितलाई निशुल्क औषधी : प्रम ओली
महासंघद्वारा समाचार सत्य नभएको स्पष्ट, प्रेस काउन्सिलमा महासंघको उजुरी
महासंघद्वारा समाचार सत्य नभएको स्पष्ट, प्रेस काउन्सिलमा महासंघको उजुरी
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
ललिता निवास प्रकरण : सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै
ललिता निवास प्रकरण : सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै
टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे
टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे
विश्वकप फुटबल २०१८ : रोनाल्डोको भरमा पोर्चुगल र गोल नखाएको उरुग्वे
विश्वकप फुटबल २०१८ : रोनाल्डोको भरमा पोर्चुगल र गोल नखाएको उरुग्वे
विप्लव समूहको बन्दको मुलुकभर प्रभाव
विप्लव समूहको बन्दको मुलुकभर प्रभाव
विश्वकप फुटबल २०१८ : गोल्डेन बुटको दौडमा काे काे ?
विश्वकप फुटबल २०१८ : गोल्डेन बुटको दौडमा काे काे ?
कुमारी बैंकबाट आईपिओ भर्दा पैसा नलाग्ने
कुमारी बैंकबाट आईपिओ भर्दा पैसा नलाग्ने
व्यापार युद्धको खतरा: चीनले व्यापार वार्ताबारे ‘सम्झौता तोडेको’ ट्रम्पको आरोप
व्यापार युद्धको खतरा: चीनले व्यापार वार्ताबारे ‘सम्झौता तोडेको’ ट्रम्पको आरोप

तपाईंले छुटाउनुभयो कि?