दशैँ शुरु हुनु तीन अघिदेखि नै कार्यालयहरु प्रमुखविहीन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १०, २०७४
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • सल्लेरी, सोलुखुम्बु, १० असोज  ः दशैँ शुरु भएसँगै सोलुखुम्बुको अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् ।
  • दशैँ बिदा हुनु तीन दिन बाँकी हुँदादेखि नै कार्यालय प्रमुख बिदामा बस्दा कार्यालयहरु प्रमुखविहीन बनेका हुन् ।
  • कतिपय कार्यालय प्रमुखले निमित्त दिएर गएका छन् भने कतिपय कार्यालय कार्यालय सहयोगीले खोल्ने र बन्द गर्ने गरेका छन् ।

सल्लेरी, सोलुखुम्बु, १० असोज  ः दशैँ शुरु भएसँगै सोलुखुम्बुको अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । दशैँ बिदा हुनु तीन दिन बाँकी हुँदादेखि नै कार्यालय प्रमुख बिदामा बस्दा कार्यालयहरु प्रमुखविहीन बनेका हुन् ।

कतिपय कार्यालय प्रमुखले निमित्त दिएर गएका छन् भने कतिपय कार्यालय कार्यालय सहयोगीले खोल्ने र बन्द गर्ने गरेका छन् । कार्यालय प्रमुखविहीन भएका कार्यालयमा जिल्ला समन्वय समिति, जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय, सिँचाइ विकास सव–डिभिजन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, खाद्य संस्थान कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेशन, खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय रहेका छन् । जिल्ला निर्वाचन कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेशन सहयोगीको भरमा सञ्चालनमा रहेको पाइएको छ ।

बिदामा गएका कार्यालय प्रमुखले कमैले मात्र दशैँको बिदा लिएको पाइएको छ । धेरैले व्यक्तिगत तथा विभागीय काम देखाएर बिदामा गएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।

जिल्लास्थित सरकारी कार्यालयका प्रमुख बिदामा जाँदा प्रमुख जिल्ला अधिकारीसँग लिखितरुपमा स्वीकृति गराएर मात्र बिदामा बस्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिइसकेको भए पनि कतिपय कार्यालय प्रमुखले निर्देशनको पालना गरेका छैनन् ।

केही कार्यालय प्रमुखले मौखिकरुपमा जानकारी गराएका छन् । कतिपयले भने जानकारी समेत नगराई बिदामा बसेको प्रजिअ थापाले बताउनुभयो । निर्देशनको अवज्ञा गर्ने कार्यालय प्रमुखलाई आवश्यक स्पष्टीकरण सोधिने प्रजिअ थापाले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संकटः चीनबाट नेपाल फर्किन १८० जनाको निवेदन
कोरोना संकटः चीनबाट नेपाल फर्किन १८० जनाको निवेदन
राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट उम्मेदवारमा सिफारिस
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि
रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल
रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल
छ करोडको लागतमा मन्दिर निर्माण
छ करोडको लागतमा मन्दिर निर्माण
८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
स्मार्ट विद्युतीय स्कुटर, जसमा छन् यस्ता विशेषता
स्मार्ट विद्युतीय स्कुटर, जसमा छन् यस्ता विशेषता
बोलपत्र आह्वाननै नगरी सुटुक्क सामान खरीद
बोलपत्र आह्वाननै नगरी सुटुक्क सामान खरीद

तपाईंले छुटाउनुभयो कि?