कपिलवस्तुमा मोटरसाईकल दुर्घटना, ६ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
कपिलवस्तुमा मोटरसाईकल दुर्घटना, ६ जना घाइते

सारांश

  • बुटवल– बुधबार दिउँसो कपिलवस्तुमा बेग्लाबेग्लै दुर्घनामा परी ६ जना घाईते भएका छन् ।
  • महेन्द्र राजमार्ग पूर्व तर्फबाट आउँदै गरेको लु ७ प ८७३७ नम्वरको मोटरसाईकल बुद्धभूमि नगरपालिका–९ इमिलियामा  विपरित दिशाबाट आउँदै गरेको  लु४६प ६०७३ नम्बरको मोटरसाईकलसँग ठोकिदा वाणगंगा नगरपालिका १ का २० वर्षीय साहुल विक, वर्ष २० का धुर्व विक घाइते भएका हुन् ।
  • त्यस्तै बुद्धभूमि नगरपालिका–९ का ४० वर्षीय सुरेन्द्र खनाल, सोही स्थानका ५५ वर्षीय खेमराज भट्टराई,  सोही नगरपालिका–४ का साईकल यात्री बर्ष ११ की गंगा महोतो घाईते भएका हुन् ।

बुटवल– बुधबार दिउँसो कपिलवस्तुमा बेग्लाबेग्लै दुर्घनामा परी ६ जना घाईते भएका छन् । महेन्द्र राजमार्ग पूर्व तर्फबाट आउँदै गरेको लु ७ प ८७३७ नम्वरको मोटरसाईकल बुद्धभूमि नगरपालिका–९ इमिलियामा  विपरित दिशाबाट आउँदै गरेको  लु४६प ६०७३ नम्बरको मोटरसाईकलसँग ठोकिदा वाणगंगा नगरपालिका १ का २० वर्षीय साहुल विक, वर्ष २० का धुर्व विक घाइते भएका हुन् ।

त्यस्तै बुद्धभूमि नगरपालिका–९ का ४० वर्षीय सुरेन्द्र खनाल, सोही स्थानका ५५ वर्षीय खेमराज भट्टराई,  सोही नगरपालिका–४ का साईकल यात्री बर्ष ११ की गंगा महोतो घाईते भएका हुन् । उनीहरुलाई कपिलवस्तुबाट थप उपचारका लागि बुटवल पठाइएको त्यहाँको प्रहरीले जनाएको छ ।

कपिलवस्तुमै बुधवार दिउँसो अर्को स्थानमा पनि मोटर साईकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बाणगंगा नगरपालिका–६ मनहरास्थित महेन्द्र राजमार्गबाट पूर्वतर्फ आउँदै गरेको लु २ प ६९९८ नम्बरको मोटर साईकल विपरित दिशाबाट आउँदै गरेको लु ५ प २१२८ नम्बरको मोटर साईकल आपसमा ठोक्किँदा त्यसमा सवार सोही स्थानमा बस्ने बर्ष ५० का सेसराम गुप्ता, कपिलवस्तु नगरपालिका ९ बस्ने १७ वर्षीय अर्जुन परियार घाई भएका हुन् । उनीहरुको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?