दशैंमा घर जाने हो ? असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२२ पटक हेरिएको
Shares
दशैंमा घर जाने हो ? असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ

सारांश

  • काठमाडौं, २ असोज ।
  • दशैँका लागि घर नजाने त कुरै भएन ।
  • त्यसो हो भने असोज ५ गते शुक्रबारदेखि नै अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

काठमाडौं, २ असोज । दशैँका लागि घर नजाने त कुरै भएन । त्यसो हो भने असोज ५ गते शुक्रबारदेखि नै अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवसायी र सरकारबीच बसेको बैठकले शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको यातायात व्यवस्था विभागले जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुहरुको सुविधालाई ध्यानमा राखेर सहमति गरिएको बताए ।

सहमतिअनुसार दशैको लागि शुक्रबारदेखि बुकिङ खुला हुने सिटौलाले बताए । “टिकट सकेसम्म सहज ढङ्गले उपलब्ध गराउने गरी यातायात व्यवसायीले काम गर्ने र सरकारले त्यसका लागि सहयोगी भूमिका खेल्ने विषयमा सहमति भएको हो”, उनले भने । सिटौलाका अनुसार यसपटकको दशैंमा नयाँ गाडी थपिने सम्भावना भने न्यून छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?