अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
२२ पटक हेरिएको
Shares
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको अवरुद्ध समयको कुनै पनि सेवा सुविधा नलिने बताएको छ ।
  • रास्वपाका सांसदहरूले आज सभामुख देवराज घिमिरेलाई भेटेर प्रतिनिधिसभाको जारी बैठक नियमित गराउन आग्रह गर्दै पत्र बुझाएको हो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको अवरुद्ध समयको कुनै पनि सेवा सुविधा नलिने बताएको छ ।

रास्वपाका सांसदहरूले आज सभामुख देवराज घिमिरेलाई भेटेर प्रतिनिधिसभाको जारी बैठक नियमित गराउन आग्रह गर्दै पत्र बुझाएको हो । पत्रमा रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले अवरुद्ध संसद्को समयको कुनै पनि सेवा, सुविधा आफ्नो पार्टीले नलिने प्रतिबद्धता गरेका छन् ।

“हाम्रो पार्टी जारी अधिवेशन नियमित गर्न आवश्यक पहलकदमी लिइदिनुहुन र सबै जिम्मेवार राजनीतिक पार्टीहरूलाई यसतर्फ सजग गराई लिनुहुन विनम्र अनुरोध गर्दछ”, पत्रमा उल्लेख छ, “राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ ।”

रास्वपाले अहिलेसम्म आफूहरूले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि अनुरोध गरेको छ । रास्वपाले सरकारले अनुसन्धान गरिरहेको अवैध सुनकाण्डका सवालमा प्रमुख प्रतिपक्षले उच्चस्तरीय छानबिन समितिको माग गरेर सदन अवरुद्ध गरिरहेको र सत्तापक्षले सो प्रक्रियामा जान अस्वीकार गरेर लामो समयदेखि सदन अवरुद्ध भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?