लोक संस्कृति संरक्षणमा गाउँपालिका

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
३८ पटक हेरिएको
Shares
लोक संस्कृति संरक्षणमा गाउँपालिका

सारांश

  • डोटी, २ वैशाख ।
  • केआइसिंह गाउँपालिकाले पुराना लोक संस्कृति संरक्षण अभियान थालेको छ ।
  • पुराना लोक संस्कृति तथा परम्परा लोप हुन लागेकाले तिनको संरक्षण, प्रवद्र्धन र विकास गर्न वडा नं ५ रानागाउँमा १५ दिने ‘परम्परागत लोक संस्कृति संरक्षण तथा विकास तालीम’ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो ।

डोटी, २ वैशाख । केआइसिंह गाउँपालिकाले पुराना लोक संस्कृति संरक्षण अभियान थालेको छ । पुराना लोक संस्कृति तथा परम्परा लोप हुन लागेकाले तिनको संरक्षण, प्रवद्र्धन र विकास गर्न वडा नं ५ रानागाउँमा १५ दिने ‘परम्परागत लोक संस्कृति संरक्षण तथा विकास तालीम’ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिक संस्कृतिका कारण हाम्रा पुराना कला र संस्कृति बिस्तारै हराउन थालेकाले तिनीहरुलाई जोगाइराख्न र व्यावसायिक बनाउनका लागि हामीले तालीम सञ्चालन गरेका छौँ ।”

जिल्लामा पछिल्लो समय भित्रिएका आधुनिक बाजा तथा आधुनिक संस्कृतिका कारण यहाँको डोटेली भाषा, बाजा र संस्कृति लोप हुँदै गएको उक्त वडाका वडाध्यक्ष रामचन्द्र राणाले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटेली संस्कृति लोक संस्कृतिको धनी हो तर आधुनिक संस्कृतिका कारण यहाँको संस्कृति लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्नु सबैको दायित्व हो ।”

सो गाउँपालिकाले जिल्लामा विशेषगरी दलित जातिले मात्रै परम्परागत रुपमा अँगाल्दै आएको हुड्के नाच र पञ्चेबाजालाई व्यावसायिक रुपमा अघि बढाई स्वरोजगारमुखी बनाउन संरक्षण गर्नाका साथै लगानी पनि गर्न थालेको छ । सो गाउँपालिका–५ स्थित रानागाउँमा रहेका दलित परिवारले अँगाल्दै आएको हुड्के नाच तथा पञ्चेबाजालाई व्यावसायिक बनाउन वडा कार्यालयले आयोजना गरेको सो तालीममा १५ दलित युवाको सहभागिता थियो । सो तालीमका लागि पूर्व नेपालको इलामबाट दुई प्रशिक्षक झिकाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्मप्रचार गर्नेलाई फिर्ता पठाएको प्रतिशोध साँध्न इयुको प्रतिवेदन : प्रधानमन्त्री
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
शुक्रबारको वैदिक राशिफल
शुक्रबारको वैदिक राशिफल
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
बस दुर्घटना हुँदा तीन महिलाको मृत्यु
बस दुर्घटना हुँदा तीन महिलाको मृत्यु
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
दरबारमार्गका सई महाराजगञ्ज बाट पक्राउ !
दरबारमार्गका सई महाराजगञ्ज बाट पक्राउ !
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
वडा अध्यक्ष सहित पाँचजना कारागार चलान
वडा अध्यक्ष सहित पाँचजना कारागार चलान
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य