गायक उदितनारायण जन्मथलो सम्झेर सप्तरी आए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
गायक उदितनारायण जन्मथलो सम्झेर सप्तरी आए

सारांश

  • काठमाडौं, १७ फागुन – चर्चित गायक उदितनारायण झा करिब दुई दशकपछि आफ्नो जन्मथलो सम्झेर सप्तरीको भारदह आइपुगेका छन् ।
  • लामो समयदेखि भारतमा बसेर गायन पेशामा चर्चा कमाइरहेका झा विशुद्ध परिवारको काममा नेपाल आएका बताइएको छ ।
  • नेपालबाटै गायन पेशा शुरु गरेका झा बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै उनी भारत बसेका थिए ।

काठमाडौं, १७ फागुन – चर्चित गायक उदितनारायण झा करिब दुई दशकपछि आफ्नो जन्मथलो सम्झेर सप्तरीको भारदह आइपुगेका छन् । लामो समयदेखि भारतमा बसेर गायन पेशामा चर्चा कमाइरहेका झा विशुद्ध परिवारको काममा नेपाल आएका बताइएको छ ।

नेपालबाटै गायन पेशा शुरु गरेका झा बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै उनी भारत बसेका थिए । उनकी जेठी पत्नी रञ्जना झा पनि आएकी हुन् । जेठी पत्नीसँग पनिे सम्बन्ध सुध्रेको पारिवारिक स्रोतले जनाएको छ ।

पारिवारिक श्रोतका अनुसार उदित करिब एक साता सप्तरी बस्ने परिवारिक श्रोतले जनाएको छ ।
झा भारत बसेपनि उनका दाजुभाइ सप्तरीको भारदहका स्थायी बासिन्दा हुन् । झा दाजुभाई र साथीभाइसँग भेटघाटका लागि आएको बताइएको छ ।

झा गाउँमा आउँदा साथ उनले सबैभन्दा पहिले भारदहमा रहेको कंकालनी मन्दिरमा पूजा गरेका थिए । आफु जन्मेको ठाउँमा करिब २० वर्षपछि आएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?