दश करोड पचाउन एआईजीको यस्तो खेल ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
दश करोड पचाउन एआईजीको यस्तो खेल  ?

सारांश

  • काठमाडौं, १८ पुस ।
  • भावी आईजीको रूपमा आफूलाई प्रस्तुत गर्दै हिँडेका सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसीले नयाँ तरीकाबाट करोडौं रूपैयाँ घोटला गर्न लागेको आरोप लागेको छ ।
  • प्रतिनीधिसभा र प्रदेशसभाको चुनावमा सशस्त्र प्रहरीलाई दिनुपर्ने चुनावी भत्ता वितरण नगरेपछि एआईजी केसीमाथी उक्त आरोप लागेको हो ।

काठमाडौं, १८ पुस । भावी आईजीको रूपमा आफूलाई प्रस्तुत गर्दै हिँडेका सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसीले नयाँ तरीकाबाट करोडौं रूपैयाँ घोटला गर्न लागेको आरोप लागेको छ ।

प्रतिनीधिसभा र प्रदेशसभाको चुनावमा सशस्त्र प्रहरीलाई दिनुपर्ने चुनावी भत्ता वितरण नगरेपछि एआईजी केसीमाथी उक्त आरोप लागेको हो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

चुनावमा जिल्ला र जिल्ला बाहिर खटिनेलाई भत्ता वितरण भईसकेको छ भने, भिआईपीको सुरक्षामा खटिने र स्ट्यान्डबाई रहने प्रहरीलाई भने एआईजी केसीले चुनावी भत्ता वितरण नगरेपछि उनीमाथि भत्तामा घोटाला गरेको आरोप लाग्न थालेको हो ।

यसअघि स्थानीय चुनावमा चुनाव हुन भन्दा एक साता अगाडी नै यी प्रहरीले समेत भत्ता पाएका थिए । निर्वाचन सेल कार्य विभागका प्रमूख एआईजी केसीको मातहत छ । निर्वाचन सेल डिआईजी सुरजकुमार श्रेष्ठको कमाण्डमा छ ।

तर, एआईजी केसीले प्रहरीको भत्ता वितरण नगरे पनि यतिखेर डिआईजी श्रेष्ठ तनावमा छन् । स्थानीय चुनावमा भिआईपीको सुरक्षामा खटिने र स्ट्यान्डवाई रहने प्रहरीलाईप्रति व्यक्ति १० हजार ९ सय ७० का दरले भत्ता बितरण गरिएको थियो ।

तर अहिले यी टोलीलाई भत्ता वितरण नगरीयपछि सशस्त्र भित्र असन्तुष्टि छाएको खबर छ । उपत्यका, बाहिर जिल्ला र कार्यारत रहेकै जिल्लामा खटिने प्रहरीको भत्तामा समेत हेरफेर भएपछि सशस्त्र प्रहरी भित्र चुनावी भत्तामा घोटाला भएको आशंका गर्न सकिन्छ ।

स्थानीय चुनावमा एक थरी र अहिलेको चुनावमा एक थरी भत्ता हुन नर्पर्ने जिकिर गर्दै एक सशस्त्रका अधिकृतले भने, ‘छानबिन भए एआईजी केसी दोषी ठहर हुन्छन् । स्टोर आगलागी काण्डमा समेत उनको हात हुन सक्ने आशंका यतिखेर सशस्त्रभित्र चलेको छ ।’ पूर्वआईजी कोषराज वन्तको आदेशमा एआईजी केसीको डिजाईनमा स्टोरमा आगलागी भएको स्रोतको दाबी छ ।

चुनावी भत्ताको कागजात समेतमा आगलागी भएको स्रोत बताउँछ । कार्यलय सुरक्षा, भिआईपी सुरक्षा र स्ट्यान्डवाई बस्ने १० हजारको हाराहारीमा सशस्त्र प्रहरी छन् ।

स्थानीय चुनावमा वितरण गरेको १० हजार ९ सय ७० का दरले १० हजार सशस्त्र प्रहरीको चुनावी भत्ता लगभग दश करोड हुन जान्छ । यो पैसामा एआईजी केसीले आँखा गाडेको आरोप यतिखेर सशस्त्र प्रहरीले लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका, नगरपालिकामा विवाद मिलाउँदा कुटाकुटै समेत हुन्छ
गाउँपालिका, नगरपालिकामा विवाद मिलाउँदा कुटाकुटै समेत हुन्छ
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
खरको छानामा आगो नलाग्ने प्रविधिको विकास
खरको छानामा आगो नलाग्ने प्रविधिको विकास
आज सोनाम ल्होछार मनाइँदै, ३ नं प्रदेशभर सार्वजनिक बिदा
आज सोनाम ल्होछार मनाइँदै, ३ नं प्रदेशभर सार्वजनिक बिदा
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न :  ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न : ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी
सहुलियतको चामल पुगेन
सहुलियतको चामल पुगेन
आइजिपी र एआइजिका नाममा बलि चढाइयो
आइजिपी र एआइजिका नाममा बलि चढाइयो

तपाईंले छुटाउनुभयो कि?