नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
३८ पटक हेरिएको
Shares
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विहे सम्बन्धी प्रसंग अनावश्यकरुपमा चलाइएको हल्ला मात्रै भएको बताएका छन् ।
  • राष्ट्रिय सभाकी सदस्य समेत रहेकी कलाकार कोमल वलीसँग श्रेष्ठले विहे गर्न लागेको भनेर हल्ला चलेपछि श्रेष्ठले यसरी प्रतिक्रिया दिएका हुन् ।
  • विहेको समाचारलाई पुरै असत्य रहेको श्रेष्ठ सम्बन्ध श्रोतले बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विहे सम्बन्धी प्रसंग अनावश्यकरुपमा चलाइएको हल्ला मात्रै भएको बताएका छन् । राष्ट्रिय सभाकी सदस्य समेत रहेकी कलाकार कोमल वलीसँग श्रेष्ठले विहे गर्न लागेको भनेर हल्ला चलेपछि श्रेष्ठले यसरी प्रतिक्रिया दिएका हुन् । विहेको समाचारलाई पुरै असत्य रहेको श्रेष्ठ सम्बन्ध श्रोतले बनाएको छ ।

अहिले विहेको हल्ला चले पनि श्रेष्ठले केही वर्ष अघि नै जीवनभर विहे नगर्ने घोषणा गरेका थिए । पार्टी भित्रैबाटै पनि कतिपय नेताले श्रेष्ठको विहेको हल्ला चलाएको कुराले उनी दुःखी बनेको श्रोतले जनाएको छ ।

केही दिन अघि फ्रान्सेली राजदुतको निवासमा आयोजना भएको रात्रीभोजमा लिइएको सामूहिक तस्विरलाई आधार बनाउँदै नारायणकाजी र कोमलको विहेको हल्ला चलाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?