सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’

सारांश

  • काठमाडौ।
  • देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गर्नुपर्ने बताएका छन्।
  • उनले भने,‘नेपालले यी भू–भाग समेटेर आफ्नो नक्शा जारी गरेपछि, विवाद रैछ भनेर अन्तर्राष्ट्रियस्तरमा सन्देश जान्छ ।

काठमाडौ। देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गर्नुपर्ने बताएका छन्। उनले भने,‘नेपालले यी भू–भाग समेटेर आफ्नो नक्शा जारी गरेपछि, विवाद रैछ भनेर अन्तर्राष्ट्रियस्तरमा सन्देश जान्छ । अर्को कुरा, भारतसँगको सीमा विवादबारे दुई देशबीच प्रधानमन्त्रीस्तरमा वार्ता हुनुपर्छ । अब यो विषय तुरुन्तै टुँग्याउँनुपर्छ ।’
आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ५८ वर्षदेखि कालापानी क्षेत्रमा बसेको भारतीय सेनालाई पनि तत्काल हटाउनुपर्ने बताए । उनले भने,‘तर, हाम्रो प्रधानमन्त्रीलाई यो कुराको कुनै चासो छैन। रक्षामन्त्री दार्चुला जानुभयो, सेनाको हेलिकप्टर लिएर जानुभयो, हामीले पनि खुशी नै मानेका थियौं । तर, उहाँहरु कालापानी क्षेत्रको मौसम खराब भएको भनेर त्यहाँ नपुगी फर्किनुभयो। मन्त्रीजी आफ्नो भूभागमा जान किन डराउनुभयो । यो भनेको स्थिति गम्भिर छ।’
उनले वर्तमान सरकारका प्रवक्ता नै भ्रष्टाचार काण्डमा मुछिएको र उनलाई राजीनामा मात्रै गराउन लगाउनु पर्याप्त नभएको जिकिर गरे । उनले भने, ‘यदि स्विस कम्पनीसँग अन्तरविरोध नभएको भए त ? ठूलो मात्रामा भ्रष्टाचार हुन लागेको रैछ नि, २६ अर्बमा हुने कुरा लागत बढाएर ४० अर्ब पुर्याईएको रहेछ, यत्रो ठूलो रकम खाने योजना रहेछ ।’ गजुरेलले मन्त्री बाँस्कोटाको ७ वटा योजनामा एक खर्ब खाने योजना रहेको कुरा पनि मिडियामा आएको सुनाए । उनले थपे,‘अनि हामीले देश विकास होला भनेर कसरी कल्पना गर्ने?’
उनले वर्तमान सरकार नै भ्रष्टाचारमा लिप्त रहेको पनि आरोप लगाए । ‘सरकारले समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएर बकवास गरिरहेको पनि उनको टिप्पणी छ। अहिले सामान्य नागरिकले आफ्ना छोराछोरी पढाउन सक्ने अवस्था नभएको र उपचार गराउन सक्ने अवस्थापनि नभएको चित्रण गर्दै गजुरेलले मुलुकको अवस्था साह«ै चिन्ताजनक रहेको सुनाए । उनले भने,‘सरकारका मन्त्री नै यसरी भ्रष्टाचारमा लिप्त भएपछि मुलुकको यो अवस्था हुनु त सामान्य नै भयो नि।’
उनले गोकुलप्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणबारे गम्भिर छानबिन हुनुपर्ने बताउँदै यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने माग गरे। उनले भने, ‘प्रधानमन्त्रीको जानकारीबिना यो सम्भव छैन् ।’ गजुरेलले उक्त अडियो दुई महिना पहिले नै प्रधानमन्त्रीकहाँ पुगेको कुरा आएको सुनाउँदै किन त्यो प्रकरण बाहिर ल्याउनुभएन ? भन्दै कडा प्रश्न गरे।
उनले भने, ‘उहाँले यत्रो दिन किन गुपचुप राख्नुभयो ? यसले पनि के देखाउँछ भने यो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ, अहिले उहाँले गोकुल बाँस्कोटा प्रकरणमा छानबिनको सवालमा अर्कै टिप्पणी गर्नुभएको छ। अख्तियारले सत्यतथ्य छानबिन गर्ने कुरामा विश्वास छैन्, अख्तियार त सरकारले जे भन्यो त्यही गर्छ ।’ उनले यो प्रकरणमा अख्तियारलाई छानबिन गर्न दिएर कतै बाँस्कोटालाई जोगाउन खोज्नुभएको त छैन् ? भनेर पनि आशंका व्यक्त गरे । ‘अडियो आएपछि उहाँले किन केही गर्नुभएन ? २ महिनासम्म के हेरेर बस्नुभयो ? उल्टै उहाँले यो अडियो लुकाउने चेष्टा गर्नुभयो, अब स्थिति धेरै नै गम्भिर छ।’–उनले थपे ।
उनले वर्तमान सरकार अब दुई तिहाईको बलमा टिक्ने अवस्था नभएको पनि चित्रण गरे । उनले भने,‘हामी त सरकारको तमाशा हेरिरहेका छौं । यो व्यवस्था र संविधानमा नै खोट छ, पछिल्ला विभिन्न काण्डले त झनै व्यवस्था र संविधानमाथि प्रश्न खडा भएको छ । यो व्यवस्था र संविधान नै नेपाली जनताको हितमा छैन् । यो परिवर्तन हुनुपर्छ ।’
उनले यति प्रकरण पनि नेपालको भ्रष्टाचारको नाँगो रुप भएको बताए । उनले भने,‘गोकर्ण रिसोर्टको बारेमा यतिभन्दा बढि तिर्छु भन्ने आउँदा आउँदै सरकारले किन यतिलाई दियो ? यतिलाई यति धेरै संरक्षण किन ? यसमा कि त प्रधानमन्त्रीको सेयर छ ? कि त ठूलो कमिशनको खेल भएको छ ।’ नेपालमा पछिल्लो समय भएका चरम भ्रष्टाचारमा प्रधानमन्त्रीको नै संलग्नता रहेको गजुरेलले गम्भिर आरोप लगाए । उनले भने,‘सबै ठूला–ठूला भ्रष्टाचारमा प्रधानमन्त्रीको संलग्नता छ।’
गजुरेलले नेपालले अमेरिकी सहयोग एमसीसी लिनेबित्तिकै असंलग्न आन्दोलनबाट बाहिरिने खतरा औंल्याए । उनले भने,‘हामीले अमेरिकी सहयोग लिनेबित्तिकै अमेरिकी राष्ट्र नेपाल भित्रिन्छ । हाम्रो भूमी नेपाल, चीन र अमेरिकाको त्रिदेशीय रणनीति बन्छ । हाम्रो देश अमेरिका र चीनको क्रिडास्थल बन्छ ।’
उनले मुलुकमा यत्रो भ्रष्टाचार र काण्डहरु घटिरहेको अवस्था प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चाहीँ किन एमसीसी संसदबाट पारित गराउन हतारो भएको भन्दै कडा प्रश्न गरे । उनले भने,‘देउवाजीलार्य भ्रष्टाचारको कुनै चिन्ता छैन्, खाली एमसीसी पारित गर्नुपर्छ मात्रै भन्नुहुन्छ ।’ उनकाअनुसार एमसीसी जस्ताको त्यस्तै पारित हुने स्थिति भने छैन् । उनले भने,‘यो जस्ताको त्यस्तै पारित हुने अवस्थापनि छैन् । र, अब यसको संशोधनको पनि कुनै गुञ्जायस छैन् ।’
गजुरेलले एमसीसी फिर्ता नलगे आफूहरु यसको विरोधमा उत्रिएका सबै शक्तिहरु सडकमा आउने पनि चेतावनी दिए । उनले भने,‘हामी संसदलाई घेर्छौं । अन्तिममा नेपाल बन्द गर्छौं । हुन त नेकपाभित्र यो विषयमा मतभेद छ । विवाद छ । यो स्वतः रद्द हुने दिशामा छ ।’ एमसीसी खारेज नभएसम्म आफूहरुको संघर्ष र आन्दोलन जारी रहनेपनि उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल
उडिरहेको प्लेनमै यौनसम्पर्क ! यसरी भयो तस्बिर भाइरल
अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित
अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित
ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी
ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
लिभरपुलका गोलकिपर एलिसन मैदान बाहिर !
लिभरपुलका गोलकिपर एलिसन मैदान बाहिर !
रौतहटको गौर र गरुडामा एमालेको अग्रता
रौतहटको गौर र गरुडामा एमालेको अग्रता

तपाईंले छुटाउनुभयो कि?