दाङमा कोमल वलीसहित आठ जनाले लिए उम्मेदवारी फिर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
२९ पटक हेरिएको
Shares
दाङमा कोमल वलीसहित आठ जनाले लिए उम्मेदवारी फिर्ता

सारांश

  • दाङ, कात्तिक १९ – प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि दाङमा उम्मेदवारी दिएका आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
  • चार जना पार्टीका र चार स्वतन्त्र गरी आठ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचनको कार्यालय दाङले जनाएको छ ।
  • निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्नुभएका जगनारायण चौधरी, क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उम्मेदवार ईश्वरीप्रसाद शर्मा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) का रामबहादुर भण्डारी क्षेत्रीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

दाङ, कात्तिक १९ – प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि दाङमा उम्मेदवारी दिएका आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । चार जना पार्टीका र चार स्वतन्त्र गरी आठ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचनको कार्यालय दाङले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्नुभएका जगनारायण चौधरी, क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उम्मेदवार ईश्वरीप्रसाद शर्मा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) का रामबहादुर भण्डारी क्षेत्रीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

त्यसैगरी क्षेत्र नम्बर ३ बाट कोमल वली, क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) बाट स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएका कुवेरबहादुर वली र राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिभक्त भण्डारी, क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका गेदलाल भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावले उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
कसरी बित्छन रबि लामिछानेका दिनहरु हिरासतमा ।
कसरी बित्छन रबि लामिछानेका दिनहरु हिरासतमा ।
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
चौबिस घण्टामा विश्वमा थपिए करिव ८ लाख कोरोनाका नयाँ संक्रमित, १६ सय २७ जनाकाृ मृत्यु
सडक बालबालिकाकाे साथमा SWe Can-Nepal फेसबुक  ग्रुप (भिडियाे तथा फाेटाे)
सडक बालबालिकाकाे साथमा SWe Can-Nepal फेसबुक ग्रुप (भिडियाे तथा फाेटाे)
एसिड आक्रमणकारीलाई कडा मृत्यदुण्ड दिन सांसदको माग
एसिड आक्रमणकारीलाई कडा मृत्यदुण्ड दिन सांसदको माग
गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
कोर मधेस’का मतदाता भन्छन् – यहाँ कि एमाले छ कि कांग्रेस
कोर मधेस’का मतदाता भन्छन् – यहाँ कि एमाले छ कि कांग्रेस
कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी
कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी
१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज
१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज

तपाईंले छुटाउनुभयो कि?