कसरी बित्छन रबि लामिछानेका दिनहरु हिरासतमा ।
सारांश
- सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने साउन ३० गते देखि चितवन प्रहरीको हिरासतमा छन् ।
- हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ ।
- रवि आराम गर्नुका साथै कहिले पढ्ने त कहिले खेल्ने काममा व्यस्त छन् ।
सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने साउन ३० गते देखि चितवन प्रहरीको हिरासतमा छन् ।
हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ । रवि आराम गर्नुका साथै कहिले पढ्ने त कहिले खेल्ने काममा व्यस्त छन् ।
भेटघाट गर्नका लागि आउनेसँग भेटघाटबाहेकको समयमा रवि हिरासतमै रहेका अन्य थुनुवासँगै लुँडो खेलेर समय बिताइरहेका छन् ।
बयान लिन थालेपछि छुट्टाछुट्टै बसेका रवि र युवराज बयान सकिएपछि पुनः एउटै कोठामा बस्न थालेका छन् ।
चितवन पोष्टका अनुसार चोरी, लागूऔषध, सवारी ज्यान मुद्दाका आरोपितहरु उनीहरूसँगै रहेका छन्, जो उनीहरुका लुँडो खेल्ने साथी हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया