दार्चुलामा १३ प्रतिशत मत बदर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
दार्चुलामा १३ प्रतिशत मत बदर

सारांश

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षामा करीब ४० लाख बराबरको रकम खर्च हुँदा बदर मत अत्यधिक रहेको छ ।
  • पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकमा १३ दशमलव २ प्रतिशत मत बदर भएको छ ।
  • जिल्लामा प्रत्यक्षतर्फ भने ४ प्रतिशत मत बदर रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षामा करीब ४० लाख बराबरको रकम खर्च हुँदा बदर मत अत्यधिक रहेको छ । पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकमा १३ दशमलव २ प्रतिशत मत बदर भएको छ । जिल्लामा प्रत्यक्षतर्फ भने ४ प्रतिशत मत बदर रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदाता शिक्षामा साढे ३७ लाख र सञ्चार तालिम लगायत अन्य आन्तरिक खर्च जोड्दा करीब ४० लाख खर्च हुन आउने जिल्ला निर्वाचन कार्यालयका अधिकृत तुल्सीराम पाण्डेले जानकारी दिए । समानुपातिकतर्फ प्रदेशसभा ‘क’ मा कूल ३० हजार २ सय ५४ मत खसेकोमा ४ हजार १८ मत बदर भएका छन्। जुन १३ प्रतिशत हुन्छ । समानुपातिककै प्रदेशसभा ‘ख’ मा कूल २४ हजार २ सय ५० मतबाट २ हजार सात सय ७२ मत बदर भएका छन् ।

जुन ११ दशमलव ४३ प्रतिशत हुन्छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल ५४ हजार ५ सय ३ मत खसेकोमा ४९ हजार ९ सय १९ सदर भएका थिए। समानुपातिकमा बदर मत ४ हजार ५ सय ५४ रहेका छन् । संख्यात्मक हिसाबले समानुपातिकतर्फ ११ हजार ३७४ मत बदर भएको छ । प्रत्यक्षतर्फ यहाँ ४ हजार ३९३ मत बदर भएको छ थियो ।

यसरी हेर्दा प्रत्यक्षभन्दा समानुपातिकतर्फ ६ हजार ९ सय ८१ बढी मत बदर भएको छ । दुवै प्रदेशसभाको समानुपातिकतर्फ मात्रै ६ हजार ७ सय ९० मत बदर भएका छन् । कुल मतदाता संख्याको ६९ दशमलव ४२ प्रतिशत खस्दा मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नहुँदा करीब ९ प्रतिशत मत बदर हुन पुगेको छ । प्रदेशसभा ‘क’ मा कूल खसेको मतको ८.९३ प्रतिशत मत बदरको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

समानुपातिककै प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा कूल खसेको मतको ८.२४ प्रतिशत मत बदर भएको छ । त्यस्तै प्रत्यक्षतर्फ प्रदेशसभा ‘क’ क्षेत्रमा ३० हजार २ सय २० मत खसेको एक हजार ५३ मत बदर भएको छ । प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा २४ हजार ३ सय २३ मत खसेकोमा ९ सय ९३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बदर मतको संख्या बढ्नुमा मतदाता शिक्षा प्रभावकारी नहुनु र मतदान स्थलमा सही तरिकाले मतदाताहरूलाई मतदान प्रकृया बारे जानकारी गराउन नसकेको मतदाताको गुनासो छ । मतदाता शिक्षा कार्यक्रमका लागि पर्याप्त सयमको अभाव, मतदाताहरूमा सिक्ने इच्छा शक्तिको अभावका कारण मत बदर संख्या न्यून गर्ने लक्ष्य सफल हुन नसकेको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले बताए । एक प्रकारको मत अर्को प्रकारको मतपेटिकामासमेत मत भेटिएको हुनाले बदर मतको संख्या बढी देखिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने
५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने
महिला सञ्जालद्वारा दाेषीलाई शीघ्र छानबिन गरी कारवाही गर्न माग
महिला सञ्जालद्वारा दाेषीलाई शीघ्र छानबिन गरी कारवाही गर्न माग
नेप्सेमा २१ अङ्कको वृद्धि
नेप्सेमा २१ अङ्कको वृद्धि
हुम्लामा विद्युतीय भुक्तानी सुरु !
हुम्लामा विद्युतीय भुक्तानी सुरु !
विद्यालयको भवन जीर्ण हुँदा समस्या
विद्यालयको भवन जीर्ण हुँदा समस्या
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी

तपाईंले छुटाउनुभयो कि?