देशभर शाखा विस्तार गर्ने योजनासहित सुरु भयो नेचर सुपर मार्केट

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २९, २०७७
|
|
२६ पटक हेरिएको
Shares
देशभर शाखा विस्तार गर्ने योजनासहित सुरु भयो नेचर सुपर मार्केट

सारांश

  • काठमाडौँको मैतिदेवीमा नेचर सुपर मार्केट सञ्चालनमा आएको छ ।
  • देशभर शाखा विस्तार गर्ने योजना सहित सुरु भएको सुपर मार्केटको पहिलो आउटलेट केही दिन अघि देखि सुरु भएको हो ।
  • उक्त सुपर मार्केटमा खाद्यान्न, ग्रोसरी, ग्यास लगायतका दैनिक जीवनका लागी अत्यावश्यक सामाग्री राखिएको छ ।

काठमाडौँको मैतिदेवीमा नेचर सुपर मार्केट सञ्चालनमा आएको छ । देशभर शाखा विस्तार गर्ने योजना सहित सुरु भएको सुपर मार्केटको पहिलो आउटलेट केही दिन अघि देखि सुरु भएको हो । उक्त सुपर मार्केटमा खाद्यान्न, ग्रोसरी, ग्यास लगायतका दैनिक जीवनका लागी अत्यावश्यक सामाग्री राखिएको छ ।

बजारको माग र उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न र ग्रोसरी उपलव्ध गराउने प्रतिबद्धता अध्यक्ष जनक धामीले गरे । उपभोक्ताको माग अनुरुप काठमाडौँ उपत्यकाभरी होम डेलीभरीको सुविधा पनि उपलव्ध गराइएको उनले बताए । कोभिड १९ को संक्रमणको समय होम डेलीभरी सुविधा उपभोक्ताको स्वास्थ्य प्रति सचेत भएर गरिन लागिएको धामीले दावी गरे ।

३ दशकभन्दा बढी समय खाद्यान्न लगायतका व्यवसायमा संलग्न व्यवसायीको संलग्नतामा नेचर सुपरमार्केट सुरु भएको । पहिलो १ वर्षभित्रमा सुपरमार्केटका शाखा उपत्यकाभित्र र विस्तारै देशका अन्य शहरहरुमा पनि विस्तार गरिने अध्यक्ष धामीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?