सुनसरी र उदयपुरबाट ६ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
३३ पटक हेरिएको
Shares
सुनसरी र उदयपुरबाट ६ जना पक्राउ

सारांश

  • अस्बीन खडका,२२ बैशाख ।
  • सुनसरी र उदयपुर बाट ६ जना पक्राउ परेका छन ।
  • सुनसरीको धरान उप–महानगरपालिका–१९ स्थित धनकुटे रोडका ३७ वर्षीय मेदनी कुमार लिम्बु, ३४ वर्षीय प्रकाश लिम्बु, २५ वर्षीय सुरज राई र २८ वर्षीय हेमन्त राई पक्राउ परेका हुन।

अस्बीन खडका,२२ बैशाख । सुनसरी र उदयपुर बाट ६ जना पक्राउ परेका छन ।

सुनसरीको धरान उप–महानगरपालिका–१९ स्थित धनकुटे रोडका ३७ वर्षीय मेदनी कुमार लिम्बु, ३४ वर्षीय प्रकाश लिम्बु, २५ वर्षीय सुरज राई र २८ वर्षीय हेमन्त राई पक्राउ परेका हुन।

पक्राउ परेका मेदीनीको कोठाबाट लागूऔषध, नगद तथा अन्य सामान बरामद भएको इलाका प्रहरी कर्यालय धरानले जनाएको छ।

लिम्बुले कोठाबाटै लागूऔषध बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा शुक्रबार राति १० बजे चेकजाँच गरी उनीहरुलाई पक्राउ गरिएको हो। कोठाबाट एभिल, डाईजोपाम, लुपिजैसिकलगायतका लागूऔषध, ५० हजार रुपैयाँ नगद तथा ल्यापटप, आईफोन र मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्ताबाट त्रियुगा नगरपालिका–१० का विवेक पौडेल र सुजल राउतलाई पक्राउ गरिएको छ। न४च २४७७ नम्बरको गाडी चेकजाँच गर्दा डाइजोल्याब, फेनारगन, लुपिजेसिक र सिरिन्जसहित उनीहरु पक्राउ परेको उदयपुर प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने गाडी र चालकलाई समेत नियन्त्रणमा लिई थप अनुन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ