दिगो लक्ष्यका लागि नेपाल सही बाटो हिडेकोमा युएनको प्रशंसा
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघ युएनका उपमहासचिव अमिना जे मोहम्मदले भेटे गरेकी छिन् ।
- भेटमा नेपालको राजनीति युएनको दिगो लक्ष्य हासिलका लागि सही बाटोमा हिडेको भन्दै प्रशंसा भएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघ युएनका उपमहासचिव अमिना जे मोहम्मदले भेटे गरेकी छिन् । भेटमा नेपालको राजनीति युएनको दिगो लक्ष्य हासिलका लागि सही बाटोमा हिडेको भन्दै प्रशंसा भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझको भेटमा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराएका थिए ।
उपमहासचिव मोहम्मद शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आएकी हुन् । प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा युएनले गरेको सहयोग र भूमिकाकाबारे प्रशंसा गरिन् ।
यसैगरी उपमहासचिव मोहम्मदले नेपालले दिगो विकास लक्ष्य सन् २०३० का लागि गरिएको प्रयास सहयोग भएको भन्दै प्रशंसा गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
मोहम्मदले नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको भन्दै नेपालको प्राथमिक क्षेत्रका आधारमा सहयोग गर्न तयार रहेको बताएकी छिन् ।
प्रतिक्रिया