खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
१६ पटक हेरिएको
Shares
खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण

सारांश

  • कराँची, १० चैत  पाकिस्तानका लाखौँ नागरिकलाई कुपोषणको समस्या रहेको पाइएको छ ।
  • गरिवी र भोकका बारेमा अध्ययन अनुसन्धान गर्दै आएको इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।
  • प्रतिवेदनका अनुसार औसतमा पाँच जना मध्ये एक जनामा अर्थात् पाकिस्तानका करिव दुई करोड जनामा कुपोषणको समस्या रहेको छ ।

कराँची, १० चैत  पाकिस्तानका लाखौँ नागरिकलाई कुपोषणको समस्या रहेको पाइएको छ ।

गरिवी र भोकका बारेमा अध्ययन अनुसन्धान गर्दै आएको इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार औसतमा पाँच जना मध्ये एक जनामा अर्थात् पाकिस्तानका करिव दुई करोड जनामा कुपोषणको समस्या रहेको छ ।

“देशमा खाद्यपदार्थको अभाव त छैन, तर पनि यति धेरै मानिसमा कुपोषण देखिएको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।

देशका खाद्यपदार्थ पर्याप्त भएपनि आर्थिक सामाजिक कारणले कतिपयको पहुँचमा नभएको विज्ञहरुले बताएका छन् ।

“पाकिस्तानमा खाद्य सुरक्षाका लागि चार पक्ष छन्, एउटा पक्ष उपलब्धता हो भने दोस्रो पक्ष पहुँच, तेस्रो पक्ष उपयोगीता र चौथो पक्ष स्थीरता हो,” एक जना बरिष्ठ अर्थविद् तथा अनुसन्धानकर्ता डा अम्ब्रीन फतिमाले भन्नुभयो ।

यसको अर्थ पाकिस्तानका धेरै जनालाई पर्याप्त खाद्य पदार्थको उपलब्धता अभाव रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?