यात्रुलाई कुटपिट गरेको आरोपमा इनड्राइभ चालक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०८१
|
|
२४ पटक हेरिएको
Shares
यात्रुलाई कुटपिट गरेको आरोपमा इनड्राइभ चालक पक्राउ

सारांश

  • काठमाडौँ ।
  • यात्रुलाई कुटपिट गरेको आरोपमा प्रहरीले इनड्राइभ चालकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा नवलपरासीको भबादी गाउँपालिका–२ स्थित जुगेलपानी घर भएका जोन तामाङ छन् ।

काठमाडौँ । यात्रुलाई कुटपिट गरेको आरोपमा प्रहरीले इनड्राइभ चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको भबादी गाउँपालिका–२ स्थित जुगेलपानी घर भएका जोन तामाङ छन् ।

टोखा बस्दै आएका २६ वर्षीय आरोपीलाई बानियाँटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए । चैत २४ मा थापाथली क्याम्पस अगाडीबाट इनड्राइभ गरेर नर्भिक हस्पिटल तर्फ जाँदा चालकले अर्को बाटो लैजान खोजेपछि विवाद भएको थियो ।

विवाद भएपछि यात्रुले मोटरसाइकलको चाबी निकालेर प्रहरीलाई खबर गर्छु भनेपछि उनीहरूबिच चाबी खोसाखोस भएको थियो । चाबी खोस्ने क्रममा केशव घिमिरे घाइते भएका हुन् । आफ्नो दायाँ हातको ३ वटा औँला भाँचिएको घिमिरेले दाबी गरेका छन् । वैशाख ५ मा आरोपीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?