दीपक मनाङले खाए सांसदको सपथ, आजदेखि माननीय
सारांश
- राजिव गुरुङ उर्फ दिपक मनाङेले सपथ खाएका छ्न्।
- गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले आज सोमबार मनाङ ख बाट स्वतन्त्र निर्वाचित मनाङेलाई प्रदेस सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन।
- ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट मनाङेलाई ५ बर्ष कैद सुनाइएको थियो।
राजिव गुरुङ उर्फ दिपक मनाङेले सपथ खाएका छ्न्। गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले आज सोमबार मनाङ ख बाट स्वतन्त्र निर्वाचित मनाङेलाई प्रदेस सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन।
ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट मनाङेलाई ५ बर्ष कैद सुनाइएको थियो।सपथ खान नै नपाई डिल्लीबजार कारागार चलान भएका मनाङे लाई मुद्दा पुनरावलोकनका लागि सर्बोच्चले गएको पुस ६ गते थुनामुक्त गर्ने आदेश दिएको थियो।
थुनामुक्त लगत्तै मनाङेले गएको पुस ११ गते गण्डकी प्रदेश सभा सचिवालयमा सपथ ग्रहण गराई पाउ भन्दै निवेदन दर्ता गराएका थिए।
नयाँ फौजदारी सहिता अनुसार १० बर्ष भन्दा कम सजाय अदालतले फैसला सुनाएकालाई जेल बाहिर रहेर मुद्दा लड्न पाउने व्यवस्था छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया